Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

उत्तर कोरियाली शासक किमको ब्रेन डेड

सोल (एजेन्सी),उत्तर कोरियाका शासक किम जोंग उन गम्भिर रुपमा विरामी परेको समाचार बाहिर आइरहेको छ । किमको कार्डियोभास्कुलर अर्थात मुटु सम्बन्धी समस्याका कारण उपचार भइरहेको थियो । यस क्रममा किमको सल्यक्रि’या पनि भएको तर उनको स्वास्थ्य स्थिति झन विग्रँदै गएको बताइएको छ ।

विश्वकै सबैभन्दा रहस्यमय देश मध्यकोएक उत्तर कोरियाका शासक किम जोंग उन हालैका दिनमा एक विला भित्र बनेको अस्पतालमा जिन्दगी र मृत्युसँग लडिरहेका छन् । केही सन्चार माध्यमले किम जोंग उनको बे्रन डेड भइसकेको जनाएका छन् ।किमको अत्यन्त खराब स्थितिका कारण उनको स्थानमा कसले उत्तर कोरियाको बागडोर सम्हाल्छ भन्न अनुमानले तिब्रता लिइरहेको छ ।यसमा सबैभन्दा चर्चामा आएको नाम उनकी बहिनी किम यो जोंग हुन् ।उत्तर कोरियाली नेताको खराब स्थितिको संकेत त्यति बेला आएका थियो जब केही दिन अगाडी किम जोंग उनकी शक्तिशाली बहिनी किम यो जाेंगलाई निर्णय लिन सक्ने प्रमुख निकायमा पुन नियुक्त गरिएको थियो ।

त्यसपछि विश्वबाट एक्लिएको यस राष्ट्रमा किम यो जोंगको उचाइ बढेको त्यहाँको सरकारी सन्चार माध्यमले आइतबार दिएको थियो ।आफनो भाइको लामो समय देखि नजिकको सल्लाहकार रहेका किम यो जोंगलाई शिर्ष अधिकारीको पदक्रममा शनिबार भएको हेरफेरपछि केन्द्रिय समितिको राजनितिक ब्युरोमा पुन वैकल्पिक सदस्यमा चयन गरिएको कोरियान सेन्ट्रल न्युज एजेन्सीले जनाएको थियो ।यसबीच एक अमेरिकी अधिकारीले किम जोंग उनको ज्यान खतरामा रहेको बताएका छन् ।

सीएनएनका अनुसार किम जोंग उनको स्वास्थ्य स्थिति कयौं महिना देखि खराब थियो । धेरै नै धुमपान गर्ने किमलाई मोटापनाको रोग छ । किम जोंग उन अप्रिल ११ मा अन्तिम पटक देखिएका थिए । उनी आफना हजुरबुबाको जन्मदिन अप्रिल १५ मा आयोजित कार्यक्रममा पनि देखिएका थिएनन् ।बहिनीलाई पुन नियुक्त गर्ने फैसला लिने बैठकको अध्यक्षता स्वयं किम जोंग उनले गरेको बताइएको छ ।,

किम यो जोंगलाई उनका दाजु तथा उत्तर कोरियाका सबैभन्दा शक्तिशाली नेता र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोइमा दोस्रो शिखर वार्ता असफल भएपछि पदबाट हटाइएको थियो ।उनको पुनः नियुक्तीलाई किम जोंग उनले आफनो खराब स्वास्थ्यलाई ध्यानमा राख्दै आफनी बहिनीमाथि देखाएको विश्वासका रुपमा लिइएको प्रष्ट भएको बताइएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय