Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाले गर्यो,जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा

सोल -दक्षिण कोरियामा सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेको छ । विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको कोरियाली स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराएको विवरणमा जनाइएको छ । दक्षिण कोरियामा दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो ।

Trip

आइतबार थप सङ्क्रमित आठ व्यक्तिमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ ।यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७०० पुगेको छ भने २३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनैकोभिड–१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा राख्न सफल भएको छ ।कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो ।राष्ट्रपति मुन जे–इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड–१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताएका छन् । दक्षिण कोरियाली गिर्जाघर, मदिरालय र व्यायामशालाहरू सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने घोषणा गरेसँगै खुल्नेछन् । तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ ।यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो । उक्त अवधि आइतवार सकिएको छ । व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ । एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन् । तत्काल विद्यालय तथा कलेजहरू खोल्ने सम्बन्धमा कुनै निर्णय गरिएको छैन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय