Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा बुधबार २१ औं संसदीय निर्वाचन हुँदै

जोकराज कुलुङ, दक्षिण कोरियामा बुधबार २१ औं संसदीय निर्वाचन हुँदैछ तर चुनावी प्रचार प्रसारका नाममा आमसभा कतै देखिँदैन । पार्टीको झण्डा, पर्चा पम्पलेट या ब्यानर कतै केहीँ भेटिन्न । चुनावी चहलपहल सुनसान छ, सञ्चार माध्यममा पनि खासै चर्चा हुन्न । सन् २०१७ मा तत्कालीन राष्ट्रपति पार्क गेयून हे लाई भ्रष्टाचारको आरोप लागेपछि हालकाराष्ट्रपति मुन जे ईन निर्वाचित भएको राष्ट्रपतिको निर्वाचनमा पनि माहोल ठ्याक्कै अहिलेको जस्तै थियो । दल तथा उमेद्वारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् । त्यो सञ्चार माध्यममा हेर्छन् र आफूलाई मन लागेको दल र उमेद्वार छान्दा रहेछन् मतदाताहरू ।मतदानको दिन हरेक मतदाताले २ घण्टाका लागि आफ्नो कामबाट तलबी बिदा पाउंछन् ।

आफूलाई पायक पर्ने मतदान केन्द्रमा गएर मत दिन्छन् र फर्केर आफ्नो काममा लागि हाल्छन् । नेपाली र उनीहरूमा फरक के छ भने उनीहरू आफ्नो हरेक काम आफै गर्छन् । अरूले गर्नुपर्ने कामको खासै वास्ता गर्दैनन् । हामी आफ्नो काम छोडेर बाँकी सबैको काम जान्न खोज्छौं ।२ प्रमुख दल छन् दक्षिण कोरियामा । सत्तारूढ डेमोक्रेटिक पार्टी र यूनाइटेड फ्यूचर । फेरि पनि डेमोक्रेटिकले सरकार सञ्चालन गर्ने विश्लेषकहरूको अनुमान छ ।

हालका राष्ट्रपति मुन जे इनको लोकप्रिय नारा थियो- सन २०२० सम्ममा न्यूनतम ज्याला १० हजार वन पुर्याउने । तर यो उनले गर्न सकेनन् । यसबाट धेरै नागरिकहरू असन्तुष्ट भए ।अझ देशको आन्तरिक विषय भन्दा बाह्य देशसँग बढी घुलमिल भएको आरोप पनि लागेको थियो उनलाई । फलस्वरूप पछिल्लो दक्षिण कोरियाको आर्थिक वृद्धिदर खस्कदो अवस्थामा आइपुग्यो । तर पछिल्लो कोरोना महामारीमा वर्तमान सरकारको भूमिकाले कोरियाली नागरिकहरूमा सरकार प्रतिको आरोप र असन्तुष्टि पखालिएको अनुमान गर्न सकिन्छ ।

हरेक ४ वर्षमा हुने यस वर्षको संसदीय निर्वाचनमा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीहरूले गत शुक्रबार नै मतदान गरिसकेका छन् । उनीहरूका लागि विशेष सुरक्षित व्यवस्था गरिएको स्वास्थ्य अधिकारीहरूले बताए । विश्व कोरोना महामारी विरूद्दको लडाईमा छ । चीनपछि कोरोनाले आक्रमण गरेको गरेको दोस्रो देश हो, दक्षिण कोरिया । इटाली भन्दा दोब्बर तेब्बर संख्यामा दैनिक कोरोना संक्रमण कोरियामा देखिन थालेको थियो , फेब्रुअको तेस्रो र चौथो साता ।तर अहिले विश्वस्वास्थ्य संगठनका प्रतिनिधिहरू कोरोना महामारी विरूद्धको विश्वस्तरीय अभियानमा दक्षिण कोरियाले नेतृत्व गर्न अनुरोध गरिरहेका छन् ।

अमेरिका, यूरोप तथा अन्य थुप्रै देशहरूमा स्वास्थ्य सामग्रीका साथमा स्वास्थ्यकर्मी समेत पठाएर सहयोग गरिरहेका छन् । खाद्यान्न संकट परेका देशमा खाद्य सामाग्री पनि सहयोग गर्न तयार रहेको सरकारले बताइरहेको छ । त्यही देश दक्षिण कोरियाले कोरोना सङ्क्रमण नियन्त्रण गरेर सारा विश्वलाई उदाहरण मात्र दिएन बरु अर्थतन्त्रमा कम प्रभाव पार्दै संकटको व्यवस्थापन गर्न पनि सिकाएको छ । किनभने विद्यालय बाहेकका हरेक कार्यालय, कम्पनी सञ्चालनमै छन् । आन्तरिक उत्पादनमा खासै असर परेको छैन । विश्व संकटको समयमै संसदीय निर्वाचन समेत अर्को उदाहरणीय काम बन्न सक्छ ।हाल कोरियामा रहनुभएका कुलुङ नेपालमा पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय