Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा कोरोना सङ्क्रमण निको भएका १११ जनालाई पुन: सङ्क्रमण देखियो !

गुरुदत्त न्यौपाने /सउल,दक्षिण कोरियामा कोरोना सङ्क्रमण निको भएर घर फर्केका १११ जनालाई पुन: टेस्ट गर्दा फेरी कोरोना पोजेटिभ देखिएको छ।कोरोनाको ईपिसेन्टर मानिएको दक्षिण कोरियाको थेगु तथा उत्तरी ख्यङ्गसान प्रान्तका मानिसहरुलाई पुन: चेक गर्दा सङ्क्रमण पोजेटिभ देखिएको रोग नियन्त्रण तथा रोकथाम महाशाखा केसिडीसी ले पत्रकार सम्मेलनमा जानाकारी दिएको छ।

केसिडीसी का निर्देशक जङ्ग युन ख्यङ्ग का अनुसार कोरोना सङ्क्रमण के कती कारणले पुन: देखियो भन्नेकुरा अन्योल रहेको तथा यसको गहन अध्ययन भईरहेको बताए।”पुन: सङ्क्रमण को कारणको बारेमा हामी अध्ययन गर्दै छौँ,अहिले लगत्तैलाई पुन: सङ्क्रमण का कारणहरु के के हुन भन्नेकुरा अन्योल छ।

रिसर्च टिमले गहन अध्ययन गर्दै छ,अध्ययन पश्चात के निस्कर्ष आउछ त्यो हामी विश्व स्वास्थ्य संगठन लाई जानाकारी गराउने छौँ।” उनले भने।प्रारम्भिक अनुसन्धानका अनुसार सङ्क्रमितको टेस्ट गर्दा नेगेटिभ देखायतापनी उनिहरुको सरिरको रगतका केही तन्तुहरुमा भाईरस बाँकी रहने र पछी पुन: सक्रिय भएर स्वासप्रस्वास प्रकृयामा अबरोध सिर्जना गर्ने देखिएपछी समस्या झन जटिल बनेको अनुसन्धानमा संलग्न डाक्टरले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय