Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

NRNA कोरियाको पहलमा, कीट बाहेकका मेडिकल सामाग्री आईतवार नेपाल पुग्दै

गैरआवासीय नेपाली संघको पहलमा दक्षिण कोरियाबाट पठाउन लागिएको मेडिकल सामग्री आगामी आइतबार नेपाल आइपुग्ने भएको छ।
एनआरएन कोरियाले त्यहाँ रहेका नेपालीको सहयोगमा संकलन गरेको रकमबाट मेडिकल सामग्री खरिद गरि नेपाल पठाउन लागिएको हो। खरिद सामग्री आइतबार नेपाल आइपुग्ने एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले जानकारी दिए।

नआरएन दक्षिण कोरियाद्वारा कोभिड–१९को जोखिमसँग लड्न नेपाल सरकारलाई उपलब्ध गराउन लागिएका  अत्यावश्यक सामग्रीको सूचीसमेत अध्यक्ष पन्तले सार्वजनिक गरेका छन्।

 

अत्यावश्यक मेडिकल सामग्रीका लागि एनआरएन कोरियाले करिब एक लाख ५० हजार डलर खर्र्चिएको जनाएको छ। नेपाल पठाउन लागिएका मेडिकल सामग्रीमा गाउन पिपिई दुइ हजार थान, एन ९५ मास्क १० हजार थान,सर्जिकल मास्क २० हजार थान, गगल्स दुई हजार थान छन्। त्यस्तै,प्रोटेक्टिङ भाइजर दुई हजार थान, पञ्जा १० हजार थान, आइआर थर्मोमिटर पाँच सय थान,कोरोना टेस्ट किट चार हजार थान रहेको एनआरएन कोरियाले जनाएको छ।

नेपालमा मेडिकल सामग्रीको चरम अभाव भएपछि एनआरएनले ‘एक व्यक्ति,एक किट’को अभियान सञ्चालन गरेको थियो। प्रति व्यक्ति २० हजार वनको सहयोगमार्फत् करिब डेढ करोड रुपैयाँ संकलन भएको थियो। चार हजार ५०० बढी नेपालीले मेडिकल सामग्रीका लागि खरिदका लागि सहयोग गरेका थिए।
१० दिनअघि नै नेपाल पठाउने तयारीका एनआरएन कोरियाले गरे पनि हवाइमार्ग अवरुद्ध भएकाले पठाउन सम्भव भएको थिएन। COPY FROM NEPAL LIVE

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय