Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्वतन्त्र रुपमा कम्पनि परिबर्तन गर्न पाउनु पर्ने माग राख्दै कोरियाको संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) मा आएका प्रवासी श्रमिकले  स्वइच्छाले कम्पनि (कार्यस्थल ) परिबर्तन गर्न पाउनु पर्ने माग राख्दै कोरियाको संबैधानिक अदालतमा मुद्वा दायर गरिएको छ l प्रवासी श्रमिकलाई  स्वईच्छाले कम्पनी कम्पनी  गर्न रोक लगाउनु कोरियन संविधानको धारा १५ मा भएको  ब्याबस्था  उल्लंघन हुन् आउछ l

इपिएस प्रणाली सबैलाई आफुले गर्ने काम (पेशा) छनोट गर्ने स्वतन्त्रता छ भनि गरिएको व्यवस्था बिपरित छ र स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न नपाउने ब्यबस्थालाई उल्टाउन माग गर्दै एमटियु केसिटियु, बिभिन्न मानब अधिकार सस्था , वकिल समुहको (५२ जना वकिल सहभागी  मध्ये ३३ जनालाई वारेसनामा दिईएको) नेतृत्वमा मंगोलिय ,भियतनाम, म्यांमार, उजुबेकस्थानका  ५ जना प्रवासी श्रमिकले बुधबार संबैधानिक अदालतमा पत्रकार सम्मेलन गर्दै  मुद्वा दायर   गरेका छन् l
त्यसैगरी मजदुर कानुनको धारा ७ मा  कुटपिट धम्कि ,मानसिक तथा शारीरिक स्वतन्त्रता हनन गर्दै जबर्जस्ति काममा लगाउनु नहुने भनि  अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ)को १९३० मा जारि गरिएको जबर्जस्ती काममा लगाउने सम्बन्धि माहासन्धिको धारा २ को १ अनुसार स्वइच्छाले प्रदान गरिएको श्रम बाहेक सबै काम जबर्जस्ति लगाईएको हो भनि व्यवस्था गरेको छ l

कोरियामा प्रवासी श्रमिक भित्रिन  शुरु गरेको ३० बर्ष भएको छ तर उनीहरु अहिलेसम्म जबर्जस्ति काम गर्न बाध्य छन  l सन् २००४मा औधोगिक प्रशिक्षण प्रणाली लागु  गर्न कोरियन सरकार बाध्य भएपनि इपिएस प्रणाली लागु भएसंगै प्रवासी श्रमिकको स्वइच्छाले कार्यस्थल परिबर्तन गर्न पाउने अधिकार हनन गरिरहेको छ l प्रवासी श्रमिकले कार्यस्थलमा बिभिन्न किसिमको समस्या भोग्नु परिरहेको छ  l यो गम्भीर जातीय भेदभब (Recism) हो.l अहिलेसम्म प्रवासी श्रमिक युनियन तथा केसीटियुले लगातार बिभिन्न तरिकाले संघर्ष गर्दै आइरहेको छ l अब १६ बर्ष लामो जबर्जस्ति काम लगाउने इपिएस खारेज गर्न संबैधानिक अदालतले निस्पक्ष रुपमा फैसला गर्नु  बाध्यता छ l श्रोत उदय राइ – अध्यक्ष एमटियु/हेल्लो नेपाल कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय