Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना संक्रमणको नयाँ संख्या घट्दो क्रममा,१६६ जनाको सफल उपचारपछि घरफिर्ता

दक्षिण कोरियामा गत महिना देखि कोरोना संक्रमितको संख्या दिनानुदिन दुईगुना हुँदै गएको मा बिगत ४ दिनदेखि यो संख्या क्रमश : घट्दो क्रममा रहेको छ । दक्षिण कोरियामा मार्च ९ बेलुकी ८ बजेसम्म कोरोना भाइरसको कारण ५३ जनाको मृत्यु भएकोे छ , ७ हजार ४७८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भने १६६ जना कोरोना संक्रमितको सफल उपचार पछि घर फर्किएका छन ।

फेब्रुवरी २९ तारेखमा ५८६ जना नयाँ सक्रमित भेटिएको थियो त्यस्तै मार्च १ गते केहि संख्या घटेर ४७६ जना नया संक्रमित भेटिएका थिए । मार्च २ मा यो संख्या बढेर ६०० जना नयाँ सक्रमित भेटिएका थिए । मार्च ५ गतेसम्म दैनिक ५०० को हाराहारीमा नयाँ सक्रमित भेटिएको थियो तर मार्च ६ गतेदेखि यो क्रम घट्दो छ । मार्च ७ मा ३६७ मार्च ८ मा २४८ र मार्च ९ मा यो संख्या निकै नै घटेर ९६ जना मात्रै नयाँ सक्रमित भेटिएका छन् । यसले के आशा दिलाउछ भने अब कोरियाले कोरोना संग जित हासिल गर्दैछ ।


थेगूमा मात्र संक्रमणको संख्या ५,५७१ जना पुगेको छ भने थेगू अपार्टमेन्टका एक तिहाइ मानिस बिरामी भएको कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् । छिमेकी प्रान्त ग्योंग्सान शहरमा पनि संक्रमण फैलिएको छ । ५३ जना संक्रमितको मृत्यु भएको छ भने मृत्यु हुनेमा ४५ जना ६० वर्ष उमेर माथिका रहेको तथा उनीहरु पहिल्यैदेखि स्वास्थ्यमा समस्या रहेको कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई उद्धृत गर्दै कोरियाका सञ्चार माध्यमहरुले जनाएका छन् ।
संक्रमण देखिएका मध्ये ६० प्रतिशत मानिस थेगुको शिन्चेन्जु चर्चमा आवद्ध रहेकाहरु छन् । शिन्चेन्जु चर्चबाट संक्रमण फैलिएको थियो । थेगु कोरियाको चौथौ ठूलो शहर हो जहाँ २५ लाख मानिसको बसोबास रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय