Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा मास्क किन्न कोरियनलाई नगरिकता, बिदेशीलाई बिदेशी परिचय पत्र र स्वास्थ्य बिमा कार्ड चाहिने

कोरियामा अब मास्क किन्न कोरियनलाई नगरिकता, बिदेशीलाई बिदेशी परिचय पत्र र स्वास्थ्य बिमा कार्ड चाहिने भएको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क अनिबार्य लगाउनु पर्ने , तर कोरियन सरकारद्वारा बिक्रि बितरण गरिने मास्क किन्न कोरियनले नागरिकता लिएर जानु पर्ने छ भने बिदेशिले बिदेशि परिचय पत्र र स्वस्थ्य बिमा कार्ड लिएर जानु पर्नेछ ।,सरकारद्वारा बितरण गरि बेचिने मास्क हप्तामा २ वोटा औषधि पसलबाट किन सकिने छ ।

यसैगरी कोरियामा सक्रिय प्रवासी मजदुर युनियन {एम टि यु } यो सरकारको यो निर्णयको बिरोध जनाएको छ । प्रवासी मजदुर युनियन {एम टि यु } का अधक्ष्य उदय राईले भनेका छन् ” बिना भिसाको प्रवासि श्रमिक ६महिना भन्दा कम अवधि बसोबस गरिरहेको बिदेशि जसको स्वास्थ्य बिमा कार्ड छैन उनिहरु र कृषि मा काम गर्ने अधिकाश प्रवासि श्रमिकले यो मास्क किन्न पाउने छैनन । बिना भिषाकोलाइ पनि भाईरस संक्रमणको आशंका लागेमा जांच गर्दा नपक्रने भनिएको अवस्थामा एउटा मास्क किन्न बाट बन्चित गराउने यो सरकारको निति राम्रो भएन कोरियन सरकारले यस्तो भेदभाब गर्नु भएन , भाइरसले को बिदेशि को स्वदेशि छुत्याउदैन सबैलाई असर गर्छ तर यो माहामरिमा कोरियन सरकार भने भिसा नहुने स्वस्थ्य बिमा कार्ड नहुने बिदेशीलाई भेदभाब गरिरहेको छ उनिहरुको स्वस्थ्यमा खेलबाड गरिरहेकोछ , यस्तो कार्य चाडो रोकिनु पर्छ सबैले समान तरिकाले मास्क किन्न पाउने ब्याबस्था मिलाइ सबैको स्वास्थ्यको रक्षा गरिनु पर्छ , कोरियन सरकार भेदभाब बन्द गर ”

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय