Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा अबैधानिक कामदार कोरोना भाईरस परिक्षण गर्न जाँदा पक्राउ नगरिने,निर्धक्क संग उपचार गर्न सुझाव !

दक्षिण कोरियामा पछिल्लो समय कोरोना भाईरसको सङ्क्रमण द्रुत गतिमा बढेसंगै उच्च शतर्कता अपनाईएको छ।कोरोना भाईरसको कोरिया ईपिसेन्टर थेगु लगायत अधिकाँश ठाउँहरुमा भाईरस सङ्क्रमित बढेसंगै दक्षिण कोरियामा अबैधानिक रुपमा बसोबास गर्ने विदेशी कामदारको हकमा यहाँको न्याय मन्त्रालय र रोग नियन्त्रण महाशाखा ले छुट्टै सुचना जारी गरेको छ।

कोरोना भाईरसको सङ्क्रमण फैलन नदिन कोरियामा अबैधानिक रुपमा काम गर्ने विदेशी मजदुरहरुलाई यो अबधीभर पक्राउ नगर्ने बताएको छ।यदि जोसुकै अबैधानिक कामदार आफुलाई कोरोनाको शंका लागेमा निर्धक्क संग नजिकको स्वास्थ्य कार्यालय तथा अस्पतालमा गएर निर्वाध उपचार लिन सक्ने सुचनामा उल्लेख छ।

सम्भावित खतरालाई मध्यनजर गर्दै दक्षिण कोरिया सरकारले भाईरस उच्च सङ्क्रमित क्षेत्र थेगुका बासिन्दाहरुलाई बाहिर ननिस्कन आग्रह गरेको छ।”अबैधानिक कामदारहरु आफुलाई पक्रिने डरले उपचार गराउन नआउन सक्छन,यदि उनिहरुलाई पक्राउ गर्ने निती भयो भने देशनै जोखिममा पर्न सक्छ।त्यसैले हरेक जो सुकैले आफुलाई कोरोना भाईरसको शँका लागेमा उपचार गर्न पाउने ब्यबस्था गरेका छौँ।” एक अधिकारीले बताए।

यससंगै सउलस्थित नेपाली राजदुताबासलाई कोरियाली अध्यागमन बिभागले अबैधानिक कामदारलाई निर्वाध उपचार गर्न पाउने सुचना सम्प्रेषण गरिदिन लिखित पत्राचार गरेको छ।पत्रमा भनिएको छ ‘कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीहरुले समेत सार्वजनिक स्वास्थ्य संस्थाहरुमा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने , स्वदेश नफर्काउने र विरामीहरुको कानूनी हैसियत बारेमा नसोध्न अस्पतालहरुलाई निर्देशन दिइएको छ।’

यदि दक्षिण कोरियामा अबैधानिक कामदारको रुपमा कार्यरत हुनुहुन्छ र आफुलाई कोरोना लागेको शँका छ भने ढुक्क संग नजिकको सार्वजनिक स्वास्थ्य संस्था तथा अस्पतालमा तुरुन्त सम्पर्क राख्नुहोला ।
यो समाचार गुरुदत्त नेउपानेले सिद्धार्थ खबररमा लेखेका छन्

दुताबासको सुचना यस्तो छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय