उपचारमा लागेको रकम तिर्न नसक्दा एक नेपाली युवा लामो समय देखि अस्पतालको बेडमा कष्टकर जिवन विताइरहेका छन् ।
प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषि कम्पनिमा कार्यरत थिय । अनेकौँ सपना सजायर कोरिया आयका उनि कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले सम्म अस्पतालको बेडमा उपचार गराइ रहेका छन् । घटना २०१९ मार्च ५ गतेको हो । आफ्नो काम गरिरहेका सुजललाई कम्पनिको साहुले मोल बोक्ने गाडि चलाउन आग्रह गरे सुरुमा उनले आफुलाइ नआउने भन्दै चलाउन मानेनन् तर साहुले काम सिक्नुपर्छ म सिकाइदिन्छु भनेपछि उनले आँट त गरे दुर्भाग्य बश दुर्घटनामा पर्दा घाइते भय । आफ्नो रोजगारदाताको जवरजस्त आर्गहलाइ मान्दा सुजलको जिवन अहिले अत्यन्त कष्टकर बनेको छ ।
दुर्घटनामा पर्दा उनको ढाड र दुवै खुट्टा भाँचिएका थिय । करिव एक वर्षको अस्पताल बसाइ र उपचार पछि उनको स्वास्थयमा क्रमिक रुपमा सुधार आएको छ । अहिले सामान्ने रुपमा आफै उठबस गर्न सक्ने भएका छन् तर पुर्णरुपमा निको कहिले हुन्छन् त्यो यसै भन्न सकिदैन । उनको दाहिने खुट्टामा अझै समस्या रहेको छ । लामो उपचार पछि आफ्नो स्वास्थ्यमा आयको सुधार पछि खुसि देखिएका जिसिले आत्मबल बढेर आएको बताय । तर यहाँको उपचार महङगो भएको र साहुले उपचारमा लागेको खर्च नदिने हुँदा झनै समस्यामा परेको नयाँदैनिकी सँग दुखेसो पोखे ।
उनको उपचारमा अहिले प्रति महिना १४÷१५ लाख वन खर्च हुने गरेको छ । अस्पतालमा बस्दा धेरै महङगो पर्ने भएकाले बाहिर बसेर उपचार गर्न डाक्टरले सुझाव दिएका छन् । तर अस्पतालमा तिर्नुपर्ने करिव ५० लाख वन तिर्न नसक्दा आफु बाहिर निस्किन नसकेको जिसिले बताय । हामिसंगको कुराकानिमा उनले सबै संग सहयोगको याचना गरेका छन् । आखाँभरि आशु बनाउदै उनले भने सके जति सहयोग गरेर मलाइ अस्पतालबाट बाहिर आउने बातावरण मिलाइदिनुस । उनि अहिले कोरियाको 의정부 ( 아이엠 요양 병원 मा उपचार गराइरहेका छन् ।
यसैविच राप्ती समाज दक्षिण कोरियाले उनको लागि सहयोग अभियान संचालन गरेको छ । सुजल जिसिलाइ सहयोग गर्ने उद्धेश्यले संचालन गरियको अभियानमा हाल सम्म सय बढि नेपाली जोडिएको समाजका बरिष्ठ उपाध्यक्ष ओमलाल वलीले जानकारि दिए । उनले यस अभियानमा जोडिएर सहयोग गर्न कोरियाबासि नेपालीलाई आग्रह गरेका छन् । सुजललाइ सहयोग गर्नचाहाने मनकारि व्यक्तीले KEB Hana बैङकमा सन्तोष खड्काको नाममा रहेको खाता नं ७१४९१०२३९०५८०७ मा रकम जम्मा गरेर सहयोग गर्न सक्नेछन् । थप जानकारि आवश्यक परेमा मोबाल नं ०१०९७२४७३१३, ०१०९४६३२५४९, ०१०८०७०९२१०, ०१०७३९४२२३१ सम्पर्क गर्न सकिनेछ । साथै व्यत्तिगत रुपमा सहयोग गर्न चाहानेले विरामि सुजल जिसिको मोबाल नं ०१०३८१९३२३१ मा सम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।