Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आर्थिक अभावमा कोरियामा एक नेपालीको अस्पतालमा बास,सहयोगको लागि याचना,कृपया शेयर गरिदिनुहोला

उपचारमा लागेको रकम तिर्न नसक्दा एक नेपाली युवा लामो समय देखि अस्पतालको बेडमा कष्टकर जिवन विताइरहेका छन् ।
प्युठान घर भइ एक वर्ष अघि मात्र इपिएस मार्फत दक्षिण कोरिया आएका सुजल जिसि यहाँको एक कृषि कम्पनिमा कार्यरत थिय । अनेकौँ सपना सजायर कोरिया आयका उनि कम्पनिमा काम गरेको दुइ महिना नपुग्दै दुर्घटनामा परे र अहिले सम्म अस्पतालको बेडमा उपचार गराइ रहेका छन् । घटना २०१९ मार्च ५ गतेको हो । आफ्नो काम गरिरहेका सुजललाई कम्पनिको साहुले मोल बोक्ने गाडि चलाउन आग्रह गरे सुरुमा उनले आफुलाइ नआउने भन्दै चलाउन मानेनन् तर साहुले काम सिक्नुपर्छ म सिकाइदिन्छु भनेपछि उनले आँट त गरे दुर्भाग्य बश दुर्घटनामा पर्दा घाइते भय । आफ्नो रोजगारदाताको जवरजस्त आर्गहलाइ मान्दा सुजलको जिवन अहिले अत्यन्त कष्टकर बनेको छ ।

दुर्घटनामा पर्दा उनको ढाड र दुवै खुट्टा भाँचिएका थिय । करिव एक वर्षको अस्पताल बसाइ र उपचार पछि उनको स्वास्थयमा क्रमिक रुपमा सुधार आएको छ । अहिले सामान्ने रुपमा आफै उठबस गर्न सक्ने भएका छन् तर पुर्णरुपमा निको कहिले हुन्छन् त्यो यसै भन्न सकिदैन । उनको दाहिने खुट्टामा अझै समस्या रहेको छ । लामो उपचार पछि आफ्नो स्वास्थ्यमा आयको सुधार पछि खुसि देखिएका जिसिले आत्मबल बढेर आएको बताय । तर यहाँको उपचार महङगो भएको र साहुले उपचारमा लागेको खर्च नदिने हुँदा झनै समस्यामा परेको नयाँदैनिकी सँग दुखेसो पोखे ।

उनको उपचारमा अहिले प्रति महिना १४÷१५ लाख वन खर्च हुने गरेको छ । अस्पतालमा बस्दा धेरै महङगो पर्ने भएकाले बाहिर बसेर उपचार गर्न डाक्टरले सुझाव दिएका छन् । तर अस्पतालमा तिर्नुपर्ने करिव ५० लाख वन तिर्न नसक्दा आफु बाहिर निस्किन नसकेको जिसिले बताय । हामिसंगको कुराकानिमा उनले सबै संग सहयोगको याचना गरेका छन् । आखाँभरि आशु बनाउदै उनले भने सके जति सहयोग गरेर मलाइ अस्पतालबाट बाहिर आउने बातावरण मिलाइदिनुस । उनि अहिले कोरियाको 의정부 ( 아이엠 요양 병원 मा उपचार गराइरहेका छन् ।

यसैविच राप्ती समाज दक्षिण कोरियाले उनको लागि सहयोग अभियान संचालन गरेको छ । सुजल जिसिलाइ सहयोग गर्ने उद्धेश्यले संचालन गरियको अभियानमा हाल सम्म सय बढि नेपाली जोडिएको समाजका बरिष्ठ उपाध्यक्ष ओमलाल वलीले जानकारि दिए । उनले यस अभियानमा जोडिएर सहयोग गर्न कोरियाबासि नेपालीलाई आग्रह गरेका छन् । सुजललाइ सहयोग गर्नचाहाने मनकारि व्यक्तीले KEB Hana बैङकमा सन्तोष खड्काको नाममा रहेको खाता नं ७१४९१०२३९०५८०७  मा रकम जम्मा गरेर सहयोग गर्न सक्नेछन् । थप जानकारि आवश्यक परेमा मोबाल नं ०१०९७२४७३१३, ०१०९४६३२५४९, ०१०८०७०९२१०, ०१०७३९४२२३१ सम्पर्क गर्न सकिनेछ । साथै व्यत्तिगत रुपमा सहयोग गर्न चाहानेले विरामि सुजल जिसिको मोबाल नं ०१०३८१९३२३१ मा सम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय