Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

ईपिएस भाषा परिक्षा २०१९ उतिर्ण को स्वास्थ्य परिक्षण तथा रोजगार आबेदन सम्बन्धी अत्यन्त जरुरी सुचना !

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण काेरिया आउने कामदारहरुकाे स्वास्थ्य परीक्षण तथा रोजगार आबेदन दिने मिती सार्वजनिक भएको छ। । सन् २०१९ का लागी लिइएकाे इपिएस भाषा परीक्षामा पास भएकाहरूको लागी गरिने स्वास्थ परिक्षण तथा रोजगार आबेदन ईपिएस नेपाल को वेभसाईट http://epsnepal.gov.np/ मार्फत आज सार्वजनिक भएको हो।

काठमाडौं उपत्यकाका चारवटा अस्पतालबाट स्वास्थ्य परीक्षणकाे व्यवस्था गरिएको छ । यसका लागि परीक्षण गर्नुपर्ने व्यक्तिले पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालमा जानुपर्नेछ ।माघ १५ गतेदेखी २१ गतेसम्म उल्लेखित अस्पतालमा हरेक दिन एक हजारका दरले काेरिया जाने कामदारहरुकाे स्वास्थ्य परीक्षण सुरु गरिएकाे ईपीएस कोरिया शाखा नेपालले जनाएको छ ।

स्वास्थ्य परीक्षणको पूर्ण प्रतिवेदन भने परीक्षण गरिएकाे चार दिनपछि आउने बताइएकाे छ । स्वास्थ्य परीक्षणबाट उत्तीर्ण भई अन्य सबै प्रक्रिया पूरा गरेर माघ १९ गतेदेखी २६ गतेसम्म रोजगार आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएकाे इपीएस शाखाले जनाएकाे छ ।

स्वास्थ्य परिक्षण गर्दा आवस्यक पर्ने कागजातहरु

दरखास्त फाराम भर्दा पेश गरेको राहदानीको सक्कल प्रति ,EPS – TOPIK परीक्षाको प्रवेशपत्र ,हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ,स्वास्थ्य परीक्षण शुल्क वापत विगत बर्ष जस्तै ५५ . ६४ अमेरिकन डलर बराबर हुन आउने नेपाली रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाबाट तोकिएको बैंक वा स्वास्थ्य संस्थाको काउण्टरमा बुझाउनु पर्नेछ ।,( मिति २०७६ । १० । १४ गतेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम हुने । )

स्वास्थ्य परीक्षणको Report सम्बन्धित अस्पतालबाट सिधै EPS शाखामा प्राप्त हुने भएकोले सम्बन्धित उम्मेदवारहरुले Report लिन अस्पतालमा नगद रकम बझाएको भौचर लिई तोकिएको मिति र समयमा EPS शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । स्वास्थ्य परीक्षण बारेको अन्य जानकारी सम्बन्धित अस्पतालबाट उपलब्ध हुनेछ । सम्बन्धित व्यक्तिहरुले स्वास्थ्य परीक्षणका लागि तोकिएको अस्पतालमा स्वास्थ्य परीक्षण मिति भन्दा एक दिन अगाडी नै सम्पर्क राख्नु पर्नेछ ।

एम . आर . पी राहदानीको अनुहार प्रष्ट देखिने गरी रंगिन प्रतिलिपि १ प्रति ( राहदानीको वहाल अवधी कम्तीमा एक बर्ष रहेको ) ।स्वास्थ्य परीक्षण प्रमाणपत्रको सक्कलै प्रति । प्रहरी प्रतिवेदनको सक्कलै प्रति । आवेदन फाराम वापत शुल्क तिरेको बैंकको बैंक भौचर सक्कल । महिना यता खिचेको दुवै कान देखिने एम . आर . पी . साईजको सेतो पृष्ठभुमी भएको , Upper Chest देखिने , सेतो कपडा नलगाएको अनुहार प्रष्ट देखिने पासपोर्ट साईजको रंगिन फोटो एक प्रति ।

आबेदकले ध्यान दिनु पर्ने कुराहरु :
राहदानीको सक्कल प्रति साथमा लिई आउन पर्नेछ । योग्य सूची ( Roster ) मा समावेश हुनु भनेको कामदारका रुपमा कोरिया जान योग्य हुनु हो तर शत प्रतिशत ( १०० % ) काम पाउने ग्यारेन्टी भने होइन ।गणतन्त्र कोरियाबाट निष्काशन भएका , over stay illegal रुपमा कोरिया बसेका व्यक्तिहरु रोजगार आवेदनका लागी अयोग्य ठहरिने छन् । त्यस्ता व्यक्तिहरुले राहदानीमा नाम , जन्म मिति , ठेगाना आदि परिवर्तन गरी आवेदन दिएको प्रमाणित भएमा कानून वमोजिम दण्डनीय हुने कुरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

आफ्नो सिरियल नम्बर हेर्न तलको लिङ्क क्लिक गर्नुहोस ।

http://epsnepal.gov.np/wp-content/uploads/2020/01/Passers-list-with-S.N..pdf

स्वास्थ्य परिक्षण तथा रोजगार आबेदन सुचना हेर्न तलको लिङ्क क्लिक गर्नुहोस।

http://epsnepal.gov.np/wp-content/uploads/2020/01/Notice_2019_JAform.pdf

सिरियल नम्बर लिस्टको सुरुमा देखाईएको नम्बर कोलम अनुसार हुनेछ।जुन आफ्नो ईपिएस परिक्षा प्रबेश पत्र अनुसार अथवा नाम अनुसार चेक गर्नुहोला

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय