Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

मोना कोरियाको १३ औं अधिबेशन सलनालमा हुने , सम्पूर्ण म्याग्देलीहरुलाई सहभागीताको लागी अपिल

सौल दक्षिण कोरिया
म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको तेह्रौ अधिवेशन आगामी जनवरी २५ तारिकमा हुने भएको छ । प्रवासी भूमिमा म्याग्देली एकता दिगो र उदाहरणीय बन्दै जावस भन्ने मुख्य नारा सहित कोरियामा रहेका म्याग्देलीको साझा संस्था मोना दक्षिण कोरियाले अधिवेशन भब्य तथा सभ्य रुपमा सफल बनाउनका लागी कोरियाका रहनुहुने सम्पुर्ण म्याग्देलीलाई सहभागीकताको लागी हार्दिक अपिल गरेको छ ।

‘हामी म्याग्देली साझा संस्थामा आवद्ध हुन आवश्यक छ,‘दुख पर्दा संस्थाबाट धेरै सहयोग मिल्छ’ अध्यक्ष किसन सेञ्चुरीले भने । उनका अनुसार अधिवेशनको अवसरमा मोना सहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिती रहने छ ।नमस्ते रेष्टुरेन्टको सभाहलमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व सहित हालसम्मका सम्पूर्ण गतिविधिका बारेमा समेत जानकारी गराउने कार्यक्रम रहेको मोनाले जनाएको छ ।

मोना कोरियामार्फत म्याग्दीमा शिक्षा, स्वास्थ्य, सामाजिक लगातयका अभियानमा ठूलो सहयोग भएको छ । रोजगार, शिक्षा, ब्यवसाय तथा पारिवारिक कामको सिलसिलामा कोरियामा पुगेका म्याग्देलीले त्यहाँ खेलकुद गतिविधिमा समेत संलग्न छन् । मोना कोरियाले भलिबल, फुटबल, कोरियाली घर लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय