Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

ईशारा रेमिटको भैसीपाटी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यलय

काठमाण्डौं । ईशारा रेमिट ले काठमाण्ठौंको भैसेपाटी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यलय शुरु गरेको छ । अंग्रजी नया वर्ष २०२० को शुरुवात संगै जनवरी १ बाट रेमिटले आफ्नो सेवा शुरु गरेको हो । कोरियाको स्टार रेमिटले १ वर्ष अघि सेवा सुरुवात गरेदेखि ईशारा रेमिटले सहकार्य गरि कार्य गर्दै आएको छ ।

नेपालबाट कोरिया जाने नेपालीहरुले कोरियाबाट रेमिटयान्स पठाउन जानकारी पाउन सहज होस भनेर कोरियन टे«निङ सेन्टर भैसेपाटीमा आफ्नो सेवा शुरु गरेको जानकारी गराएको छ । सो कार्यलयबाट कोरियाको स्टार रेमिटबाट पैसा पठाउने सम्बन्धी जानकारी , नेपालमा ईशारा रेमिटमार्फत नेपालका सम्पूर्ण बैंक तथा ७ हजार भन्दा बढि स्थानबाट रकम भुक्तानी सुविधा , ईपिएस प्रकृया र कोरिया सम्बन्धि परामर्शसमेत गरिने बताइएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय