सौल दक्षिण कोरिया
दक्षिण कोरिया श्रम तथा रोजगार विभागले सन् २०२० का लागी अनुमानित बिदेशी कामदारको संख्या सार्वजनिक गरेको छ । जसमा जम्मा कोरिया प्रबेश गराउन सक्ने ५६ हजार रहेको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत विभिन्न देशबाट उक्त कामदारको परिपूर्ति गरिने छ ।
नेपालसहित १६ देशकाे कामदारहरु प्रवेश हुन पाउने छन् । नेपालकाे लागि कति भन्नेबारे खुलाएकाे छैन । केही दिनमा नै कुन देश कति मात्रामा कामदार ल्याउने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ ।
प्रत्येक वर्ष काेरियाले नेपाललाइ उच्च प्राथमिकतामा राखेर कामदार भित्र्याएको छ । तर भाषा परीक्षा पास गरेर पनि धेरै नेपालि युवा काेरीया जान पाएका छैनन् ।
जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० र कृषितर्फ ६,४०० जना तोकिएको छ। बाकी अन्य क्षेत्रकाे लागी छुट्याइएकाे छ ।