Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा आर्थिक मन्दी, कामदारको माग घट्यो,नेपालीहरु पनि प्रभावित हुने संकेत!

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिँदै आएको दक्षिण कोरियामा देखिएको औद्योगिक मन्दीको असर नेपालमा पनि परेको छ ।कोरियाको निर्यातमा आएको ह्रासका कारण औद्योगिक क्षमता कमजोर हुँदै गएको छ भने सोही कारण नेपाली कामदारको माग पनि कम हुँदै गएको छ ।यसले नेपालीहरुलाई पनि प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ।

सन् २००८ देखि शुरू गरिएको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कोरियाले नेपाली श्रमिक लग्दै आएको थियो ।कोरियाबाट प्रकाशित हुने कोरियन हेराल्डका अनुसार त्यहाँको समग्र औद्योगिक उत्पादन र अटोमोबाइल क्षेत्रमा मन्दी आएको छाएको छ । देशको समग्र औद्योगिक क्षमतामा अघिल्लो महिनाको तुनामा अक्टोबरमा ०.४ प्रतिशतले कमी आएको छ । सोही अवधिमा अटो मोबाइल क्षेत्रमा ४.४ प्रतिशतले देखिएको छ ।

त्यसैगरी सेवा क्षेत्रमा ०.३ प्रतिशतले वृद्धि भएपनि खुद्रा व्यापारमा ०. ५ प्रतिशतले गिरावट आएको छ । त्यस्तै लगानीमा ०.८ प्रतिशतले कमी देखिएको छ । कोरियाको औद्योगिक तथ्यांक इकाइले विद्युतीय पार्ट र अटो मोबाइल क्षेत्रमा देखिएको ह्रासका कारण समग्र अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ ।त्यसको प्रत्यक्ष असर कोरियाको साना तथा मझौला उद्योगमा समेत परेको छ । सोही कारण त्यहाँका उद्योगले वैदेशिक कामदार कटौति गर्न थालेको छ । विदेशी श्रमिक कटौति गर्न थालेपछि त्यसको असर नेपालमा परेको हो ।

कोरियाले भाषा परीक्षालाई दोस्रो र सीप परिक्षणलाई पहिलो प्राथमिकतामा राखेर छनोट प्रक्रियामा कडाइ गरेर कामदारको मागमा कमी आएको प्रष्ट संकेत गरेको छ । त्यसले गर्दा त्यतातर्फ जाने नेपाली श्रमिकको आकर्षणमा पनि कमी आएको छ । कोरियाली मानव संशाधन विकास बोर्डका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वमा नेपाल आएको टोलीले पनि नेपाली कामदार कोरिया लैजान समय लागेको स्वीकार गरेको छ ।

कोरियाले सन् २०१७ को भाषा परीक्षा छनोट भएर कोरिया जाने तयारीमा रहेका कृषि क्षेत्रका ७ हजार कामदारमध्ये अझै २ हजार प्रतिक्षामै रहेका छन् । त्यस्तै गरी कोरिया सरकारले कोरियामा काम गर्ने समयसीमा सकिएका नेपालीलाई स्वदेश फार्काउन आग्रह गरेको छ । कोरियामा अवैधरुपमा बस्ने नेपालीको संख्या बढ्दै गएको भन्दै त्यहाँको सरकारले नेपाल सरकारलाई अनुरोध गरेको हो ।यसरी सन् २०१७ मा छनोट भएका कामदार कोरिया जान नपाउने र त्यहाँ रहेका नेपालीलाई पनि स्वदेश फर्कन दवाव दिनुले त्यहाँको नकारात्मक आर्थिक अवस्था प्रष्टिन्छ ।

सिद्धार्थ पोस्ट बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय