Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सलनालको अवसरमा कोरियामा बिकास लिम्बु साँझ हुँदै

सौल राजु राई :- नेपाल आदिवासी जनजाति महासंघ दक्षीण कोरियाले 24 जनवरी 2020 साँझ आयोजना गर्दै गरेको कार्यक्रम सौउल साँझमा नेपालकै चर्चित रियालीटि शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा उत्कृष्ट चार मध्येका ,finalist, बिकाश लिम्बू कोरिया आउने भएका हुन ।

सो सौल साँझ कार्यक्रम कोरियाको सौल स्थित मिया सागरिमा रहेको सुबिधा सम्पन्न भिक्टोरिया होटेलको ब्याङ्क्यर्ट हलमा हुने भएको छ ।
यस कार्यक्रमको उदेश्य “असहाय बालबालिकाहरुको आधारभुत शिक्षामा सहयोगार्थ अक्षयकोष स्थापना गर्ने रहेको छ।” भने हाल महासंघ कोरियाले ३ असहाय विद्यार्थीहरु लाई शिक्षा को लागि आर्थिक सहयोग गर्दै आएको छ ।
महासंघ कोरियाको सास्कृतिक बिभागको मुल संयोजनमा सो कार्यक्रम हुने भएको छ । जितेन भाइ श्री संयोजक र युगेल तेन्डुप शेर्पा अलराउण्डर संयोजक को संयोजकत्वमा सौल साँझ सचिवालय बनाई कार्यक्रम भब्य बनाउन महासंघ कोरिया तीब्र तयारीमा लागेको हो ।

यस कार्यक्रमको आकर्षणका केन्द्र बिकास लिम्बू भ्वाइस अफ नेपालको दोस्रो सिजनको कुन बिजेता बन्ने छन त्यो भने शनिबार बेलुकी सम्म कुर्नुपर्ने हुन्छ ।
हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’मा चार कोचहरु छन् । दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले आफ्नो टिममा रहेका प्रतियोगीलाई कोच गर्दै यो स्थानसम्म पु-याएका छन् । यसअघि भएको ‘सेमिफाइनल राउण्ड’बाट प्रत्येक कोचले आफ्नो टिममा १ प्रतियोगी पाएका छन् । अहिले चारैजना कोचले आफ्नो टिमलाई जिताउन भरपुर मेहनत गरिहेका छन् । जसमा बिकास लिम्बू महाकोच दिप श्रेष्ठको टिमका फाईनलिस्ट प्रतियोगी हुन ।भोटिङको आधारमा सबैभन्दा धेरै भोट पाउने प्रतियोगी बन्नेछन्, भ्वाइस अफ नेपालको दोस्रो सिजनको बिजेता । भ्वाइसको बिजेताले कार, नगद १२ लाख पाउनेछन् । यो संगै एउटा भिडियो एल्बम गर्ने मौका र वल्र्ड टुर जान पनि पाउनेछन्

उक्त 24 तारीख हुने सौल साँझमा उपस्तिथि जनाई कार्यक्रम भब्य सफल पार्न सहयोग गर्दिनु हुन कोरियामा रहनु भएका सम्पुर्ण नेपालीहरु माझ नेपाल आदिवासी जनजाति महासंघले अनुरोध गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय