Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एक नेपालीले कोरियाबाट नेपाल फर्केपछी बेश्यालय खोल्ने ..

यसो गरे कसो होला ?”नेपाल फर्के पछि के गर्छौ ?” एउटा साथीले हिजो सोध्यो ।मैले भने,”म नेपाल फर्केर एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागी अनि हजारौं निर्मलाहरुको इज्जत बचाउनको लागी पनि !” ऊ बोलेन ,चुपचाप सुनिरह्यो मात्रै ! सायद यो बिषयमा बोल्न सबै नेपालीहरु लाज वा डर मान्छन् अझै पनि।

मेरो तर्क खासै गलत थिएन किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तन वा जिम गरेको छातीमा बढी आकर्षित हुन् अनि सामान्य फेसबुके चिनजान र च्याटिङबाट बाट सुरु भएको त्यो सेक्स आकर्षणको प्रेम कथा भिडियो कलबाट नाङ्गिएर छताछुल्ल पोखिएको देख्न नपरोस ।

म अब चाहन्न कि आठ कक्षा पढ्दै गरेका भाई बहिनी हरु प्रेम गर्दा गर्दै सब गर्ने अवस्थामा पुगुन् र त्यो sex नामक मस्तीको गस्ती गर्दै गर्दा बजारमा “काण्ड” निक्लियोस जो तपाई हामी जस्ता बोकाको हातमा परोस् र viral नबनोस अनि नतिजा-एउटा नपत्याएको आत्महत्याको खबर सुन्न नपरोस !

मैले अब संजालमा मा हास्यब्यङ्ग भनेर खोज्दा नाङ्गा र बाङ्गा अनि अनुहार न दनुवार सहितका कलाहीन छाडा भिडियो हेर्न चाहन्न जो हेर्दा “बादरको पुच्छर लौरो न हतियार” भन्ने उखानको याद आओंस् ! यी सबै बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि पनि म बेश्यालय खोल्न चाहन्छु !

Valentine Day मा कुरो मिलेन र sex गर्न दिइन भनेर प्रेमिकासङ्ग लफडा गर्ने अर्थहीन दिन हरुको अन्त्यको लागि भए पनि म बेश्यालय खोल्न चाहन्छु !माइक्रो वा साझाबस वा टेम्पोहरुमा मा एउटी केटिको तिघ्रा नचिमोटियोस्,छाती नछामियोस् र ऊ सार्वजनिक स्थलमा नजिस्क्याइयोस् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु !
साना साना नानीहरु बिहान बिहानै बलत्कारी नरपिचासहरुसङ्ग नडराउन् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु !

अन्लाईनमा सेक्सटोय किने जसरी केटिले केटा र केटाले केटिलाई एक अर्काको जिगर र फिगरको आधारमा मोलमोलाइ गर्दै गर्दा “म त Single छु ! हजुर नि?” भन्ने पोस्ट मेसेन्जर ,भाइबर वा इमोहरुमा देख्नु नपरोस् भन्ने सोचले पनि यी बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्नु नै ठिक होला जस्तो लाग्यो !
कुरोलाइ फेरि पोखराको मेयर सङ्ग नजोड्नुहोला नि है ! बेरोजगारीले रोजगारी पाउने अनि हरिलालहरुले बैश बिसाउने चौतारीको कुरा पो गरेको त मैले ! कि नेपालमा गेस्टहाउसहरु , डान्सबारहरु र स्तरीय होटेलहरु अनि बनजङ्गलका खोल्सा खाल्सिहरुमा मात्रै बैश पोख्न पाइयोस भन्नुहुन्छ र तपाईंहरु ?? बिदेशिएका पोइहरुका नखरमाउली जोइहरुको बैशलाइ थामथुम पार्नको लागी भए पनि एउटा बेस्यालय खोल्न चाहान्छु भनेर पो भन्छ त डाडाघरे स्यानेले ! म पो तिनछक्क परे उसको कुरो सुनेर अनि तपाईं नि !

लेखक – लक्ष्मीनारायण बस्नेत/हाल कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय