Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

तराईमा भयो ३७ जोडीको एउटै मण्डपमा दाइजोबिरोधी विवाह

जनकपुरमा ३७ जोडीले दाइजोविरोधी सामूहि विवाह गरेका छन् । दाइजो प्रथाबाट प्रताडित नेपालको पूर्वी तराइमा यसलाई एक महत्वपूर्ण सामाजिक क्रान्तिको रुपमा हेरिएको छ ।

‘विना खर्च आदर्श विवाह गर्ने हामी दुईको वाचा पुरा हुँदैछ, हाम्रा अभिभावकले मानिरहेका थिएनन्, तर हामीले मनायौं। दाईजोको कुरा आयो, पछि दाईजो नलिई सामूहिक मञ्चमै हामी विवाह गर्न सहमत भयौं।’ धनुषाको नगराईन नगरपालिका-६ लग्माका २१ वर्षीय आस्तिकले भने, ‘हजारौं भीडको अगाडि आदर्श विवाह गर्नु हाम्रो लागि ठुलो सौभाग्य हो, दाइजो प्रथा हटाउनुपर्छ भन्ने सन्देश दिन हामी यहाँ विवाह गर्न लागेका हौं, यो भन्दा ठुलो खुशी के हुन सक्छ र !’

सामूहिक विवाहमा सामेल ३७ जोडी बेहुला बेहुली उत्साहित थिए। उनीहरुको सामुहिक विवाहको लागि सबै व्यस्थापन विश्व हिन्दु परिषदले मिलाएको थियो। धार्मिक मान्यता अनुसार त्रेता युगमा आदर्शनारी सीता र भगवान रामको मणिमण्डपमै विवाह भएकै स्थलमा पहिलो पटक परिषदले सामुहिक विवाह आयोजन गरेको थियो। १०८ जोडीलाई सामुहिक विवाह गर्ने लक्ष्य लिए तापनि ३७ जोडी मात्र विवाहका लागि भेटिए। तर उनीहरुको विवाहको सम्पूर्ण व्यवस्थापन परिषदले गरिदिएको छ।

मधेशमा कलंकको रुपमा रहेको दाइजो, बालविवाह, जातीय भेदभाव प्रथा विरुद्ध ३७ जना जोडीको आदर्श विवाहको अवसर चन्दा उठाएर जुराएको विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय