Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

गैरआवासीय नेपाली सङ्घको टर्की शाखा गठन

सन्तोष खड्का ,काठमाडौं-
गैरआवासीय नेपाली सङ्घ (एन.आर.एन.ए) ले टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ ।
उज्वलकुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन भएको छ। जसको उपाध्यक्ष प्रथममा श्यामकला राई, उपाध्यक्ष दिर्तिॅयमा महेन्द्र थापा, महासचिवमा बिनोद पौडेल, सचिवमा मोहम्मद जाभेद अन्सारी,सह सचिबमा सोनाम छोटी सेर्पा, कोषाध्यक्षमा अनिता गुरुङ, सह कोकोषाध्यक्षमा गिता लिम्बु, महिला संयोजक मंदिरा खत्री ओली, युवा संयोजकमा सुनील पौडेल र सदस्यहरूमा निर सनम,आशिष खड्का, राजेन्द्र बस्नेत,छबिलाल न्यौपाने, आकाश राई, रामजी सुवेदी, राजन योन्जन, सूरज लिम्बु, बिकाश सुनम, टीला दाहाल श्रेष्ठ, सुजान बंजारा भाट, दुर्गा बहादुर लिम्बू र टिल बहदुर घर्ती(बिनोद)मनोनित भएका छन्।
टर्कीमा हजारौँको सङ्ख्यामा नेपाली रहेको र हाल विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण समस्यामा परेका नेपालीलाई समिति गठनपछि सहयोगका लागि समन्वय गर्न सहज हुने नब गठित एन.आर.एन.ए टर्कीका अध्यक्ष उज्वल कुमार घिसिङले बताउनुभयो।
त्यसैगरी टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुमा कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै स्वदेश फिर्तीका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह समेत गरिएको नब गठित एन.आर.एन.ए टर्कीका महासचिव बिनोद पौडेलले बताउनुभयो। साथै विश्व एतिहासमा नेपालीहरुको आफ्नै ऐतिहासिक पहिचान रहेको बताउदैँ कोरोनाको महामारी मा हामी अझ एकताबद् भएर एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न र साझा चुनौती सामना गर्नलाई NRNA टर्की को स्थापना कोसे ढुङ्गा साबित हुने जिकिर समेत गर्नुभयो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय