Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा क्वारेन्टाइन नियम उल्लङ्घन गर्ने पक्राउ ‘

सोल – अमेरिकाबाट दक्षिण कोरिया फर्केका एक कोरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ६० बर्ष माथि उमेर भएका उनलाई कोरिया प्रवेश पश्चात अनिवार्य पालना गर्नुपर्ने क्वारेन्टाइन नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीसँग कोरियाको स्थायी बसोवासका लागि कागजात नभएका कारण सरकारले बनाएको अस्थायी सेल्फ क्वारेन्टाइनमा राखिएको थियो । शुक्रवार कोरिया आइपुगेका उनले सरकारी नियम पालना नगरेका कारण पक्राउ गर्न । पूर्जी काटिएको प्रहरी कार्यालयले जनाएको _ _ छ । उनी कोरियामा सेल्फ क्वारेन्टाइन उल्लङ्घन गर्ने पहिलो नागरिक रहेको पनि प्रहरीले जनाएको छ । कोरियाको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई निगारानी गर्ने सफ्टवेरमा उनी क्वारेन्टाइन स्थल छाडेर विभिन्न स्थलहरुमा घुम्न गएको पाइएका कारण उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । _ _ त्यसै गरि गलत कागजात बोकेर   उनी क्वारेन्टाइन स्थल छाडेर विभिन्न स्थलहरुमा घुम्न गएको पाइएका कारण उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । त्यसै गरि गलत कागजात बोकेर क्वारेन्टाइन स्थल छाडेको अभियोगमा प्रहरीले एक ३९ बर्षिय चिनिया नागरिकलाई समेत गिरफ्तार गरेको बताएको छ । हटपाटी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय