Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाबाट छुट्टीमा नेपाल गएर लकडाउनका कारण भिषा समस्या भएको छ ? यसो गर्नुहोस

सौल दक्षिण कोरिया ,
मिन बि क ,
कोरोना नियन्त्रणको लागी नेपालले गरेको लकडाउनका कारण यतिबेला छुट्टी मनाउन दक्षिण कोरियाबााट  नेपाल गएका नेपालीहरु कोरिया प्रवेश गर्न पाईने हो वा नपाईने हो भन्ने द्विविधामा परेका छन् । कतिपयको नेपाल छुट्टीमा जाने समयमा भिषा २/३ महिना बाँकी रहेको तर कोरिया फिर्ता भएर भिषा थप गर्ने सोच बनाएर छोटो समयको लागी नेपाल पुगेका नेपालीहरु चिन्तित बनेका छन् । नेपालले हप्ता-हप्ता गर्दै लकडाउनलाई लम्बाउदै जादा कतै भिषा अवधि समाप्त हुने त होइन ? भिषा अवधि समाप्त भएपछी पुन: कोरिया प्रवेश गर्न नपाईने त होइन ? भन्ने चिन्तामा परेका धेरै साथीहरुले हेल्लो कोरिया नेपाल डट कममा प्रश्नहरु गर्नुभएपछि यिनै प्रश्नहरुको समाधानका उपायहरु खोज्दै हामीले कोरिया स्थित नेपाली राजदुतावासमा सम्पर्क गरेका थियौं ।

कोरियास्थित नेपाली राजदुतावासका प्रथम सचिव उद्द्व न्यौपानेका अनुसार यसरी नै लकडाउनको समय अवधि लम्बिदै जाँदा कतिपयको भिषा सकिएर प्रवेश गर्न नपाईने अवस्था सृजना हुन सक्छ ।हालसम्म कोरिया सरकारको आधिकारीक धारणा नेपाली राजदुतावासलाई आइसकेको छैन तर यस सम्बंधमा भोलीका दिनमा एच.आर. डी. कोरियाले केहि न केहि समाधानका उपायहरु लिएर आउन सक्ने सम्भावना हुन सक्छ । एच.आर. डी.कोरियासंग नेपाल स्थित इ. पी .एस .कार्यालयले समन्वय गरेर छुट्टीमा घर जाने नेपालीहरुको समस्या समाधान गर्न सक्ने बताउनुभएको छ ।

  • त्यसैगरी कोरियास्थित श्रमसहचारी डिल्लिराम बास्तोलाका अनुसार यदि कोहि नेपालीहरुलाई यस्तो समस्या आएको खण्डमा आफ्नो समस्यालाई नेपाल स्थित इ. पी .एस .कार्यालय अथवा एच.आर. डी.कोरियाको नेपाल स्थित कार्यालयमा प्रमाण सहित उपस्थित हुनुपर्नेछ । नेपाली कामदार भित्र्याउने कोरियाली सरकारको प्रतिनिधि { एच.आर.डी.कोरिया} र नेपाली कामदार पठाउने नेपाल सरकारको आधिकारीक { इ. पी. एस. कार्यालय } मा अत्यावश्यक कामको लागी खुल्ला नै रहेको हुँदा अत्यावश्यक कामको लागी सम्पर्क गर्न सकिनेछ । यदि कोरियाबाट कुनै सहयोग गर्नु परेमा पुर्ण प्रमाण सहित कोरिया स्थित नेपाली राजदुतावासमा सम्पर्क गरेमा राजदुतावासले पुर्ण सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय