Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोना- ख्यंगी प्रान्तका सबै नागरिकलाई एक लाख तलब दिने

सोल-कोरोना प्रभावका कारण कोरियाली जनताको दैनिकी गुजारा गर्न अत्यन्त कष्ट भएको तथ्यलाई ध्यान दिदै कोरियाको ख्यंगी प्रान्त सरकारले न्युनतम मासिक पारिश्रमिक बरावरको रकम हरेक जनतालाई प्रदान गर्ने जनाएको छ ।

आगामी महिना हस्तान्तरण गरिने सो रकम जनताहरुको दैनिकी सहज रुपमा सञ्चालन गर्न सहयोग गर्ने उद्धेश्यका साथ स्थानीयलाई सो रकम दिन लागिएको प्रान्त सरकारले जनाएको छ ।

करिव १ करोड ३६ लाख जनसंख्या भएको उक्त प्रान्तमा आगामी महिना हरेक नागरिकलाई नगद रुपमा नै एक लाख वन अर्थात करिव ८० अमेरिकी डलर प्रतिव्यक्ति दिन लागिएको ख्यंगीका प्रान्तिय गभर्नर ली जाई म्युङ्गले बताएका छन् ।

यस अघि नै थेगु तथा सोल सरकारले न्यून आय भएका सो क्षेत्रमा बसोवास गर्ने कोरियालीहरुलाई आर्थिक साहायता गर्ने उल्लेख गरिसकेको अवस्थामा आफ्नो प्रान्तमा पनि कोरोना प्रभावित मानिसहरुको संख्या अत्याधिक भएको तथा स्थिति अत्यन्त भयावह भएको बताउदै गभर्नरले सो घोषणा गरेका हुन् ।

अन्य प्रान्त सरकारहरुले न्युन आय भएका व्यक्तिहरुलाई मात्र सहयोग रकम दिने घोषणा गरिरहेकोमा ख्यंगी प्रान्त सरकारले भने सबै नागरिकहरुलाई न्युनतम पारिश्रमिक बरावरको रकम दिने घोषणा गरेको छ र यो सँगै यस प्रान्त सबै नागरिकहरुलाई सहयोग रकम हस्तान्तरण गर्ने पहिलो प्रान्त समेत बनेको छ । Hotpati

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय