Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा स्वास्थ्य बिमा गरेका बिदेशीलाई, बिदेशी परिचय पत्र मात्रै भए पनि मास्क उपलब्ध हुने

दक्षिण कोरियामा स्वास्थ्य बिमा गरेका बिदेशी नागरिकलाई बिदेशी परिचय पत्र मात्रै भए पनि मास्क उपलब्ध हुने भएको छ ।तर स्वास्थ्य बिमा नगरेका बिदेशी नागरिकलाई भने बिदेशी परिचय पत्रको साथमा स्वास्थ्य बिमा प्रमाणपत्र पनि संगै लिएर जानुपर्नेछ । बजारमा मास्कको हाहाकार हुन थालेपछि सरकारले नै मास्क वितरण गर्न कोरिया भरि रहेका औषधि पसलहरुलाई निर्देशन दिएको छ । सरकारले सर्वसाधारणका लागी सुफत मुल्यमा वितरण गर्न लागेको मास्क किन्नको लागी कोरियन नागरिकको हकमा नागरिकताको प्रमाणपत्र लिएर जानुपर्ने र बिदेशी नागरिकहरुलाई बिदेशी परिचय पत्र र स्वास्थ्य बिमा प्रमाणपत्र लिएर जानुपर्ने प्रावधान कडाईका साथ् लागु गरेको छ ।
तर आजदेखि स्वास्थ्य बिमा गरेका बिदेशी नागरिकहरुलाई भने बिदेशी परिचय पत्र मात्रै लियर जाँदा माक्स किन्न सकिने कोरियाली स्वास्थ्य बिमा सस्थानले जनाएको छ ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय