Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा कोरोना भाइरसको कारण मानिसहरुको जमघटलाइ निषेध ।

सौल दक्षिण कोरिया ,

चीनबाट फैलिएको खतरनाक भाईरस कोरोना भाईरसको कारण दक्षिण कोरियामा हप्ताको अन्त्य अथवा शनिवार र आईतवार पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु लाई निषेध गर्ने तथा कार्यक्रम नगर्न सम्पूर्णलाई  सुचना जारी गरेको छ ।यसमा बिदेशी परामर्श केन्द्रहरु , इन्स्टीट्य़ुटहरु , सांस्कृतिक कार्यक्रमहरु लगायत मानिसहरु भेला भएर गरिने कुनै पनि कार्यक्रम हरु नगर्न स्वास्थ्य मन्त्रालयले सुचना जारी गरेको छ ।अत्यावश्यक काम नभएको खण्डमा बाहिर हिडडुल नगर्न तथा यदि हिड्ने परेको खण्डमा मास्कको प्रयोग गरेर मात्रै बाहिर निस्कन भनिएको छ।

Trip

अहिले चीनमा देखिएको खतरनाक भाइरसका कारण विश्व नै ससंकित भएको छ । यसको प्रभाव एसिया लगायत एक दर्जन देशहरुमा देखिन लागेको छ । विश्व स्वास्थ्य संगठनले आपतकालिन अवस्था घोषणा गरिसकेको छ आजसम्म २५६ जनाले यहि भाईरसका कारण ज्यान गुमाईसकेको छन् । चीनको लगभग सबै भूभागमा फैलेको यस भाइरस नियन्त्रण गर्न चिन सरकारलाई चुनौती बनेको छ ।

Comments

ट्रेन्डिङ

लोकप्रिय