Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न – अध्यक्षमा खनाल निर्वाचीत

केशब पोखरेल

लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनालको नेत्तृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित हुनुभएको छ ।

आज सौल दोंतेमुन स्थित थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो । कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा एनसि सि कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो ।

“पवित्र लुम्विनि , बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान “ भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन्न समाजहरुसॅंग हातेमाले गरेर अघि बढने नवनिर्वाचीत अध्यक्ष हिमाल खनालले जानकारि दिनुभयो , खनाल यसअघि पनि बिभिन्न संघसंस्थामा पनि आबद्ध हुनुहुन्थ्यो ।

नवनिर्वाचित कार्यसमिती निम्नानुसार रहेको छ !!

अध्यक्ष – हिमाल खनाल (अर्घाखाँची)

ब उपाध्क्ष – मदन गौतम ( रुपन्देहि )

उपाध्यक्षहरु किरण बंजाडे (अर्घाखाँची) बिज्ञान अर्याल (रुपन्देही) मिलन थापामगर( पाल्पा ) नरेश शर्मा( दाङ) बिरेन्द्र राऊमगर (प्युठान) नारायण न्यौपाने ( नवलपरासि )

Trip

महिला उपाध्यक्ष नमुना ज्ञवाली (गुल्मि)

महासचिव जयराम खनाल (बर्दिया )

सचिब – दामोदर भुसाल (अर्घाखाँची) बर्षा भन्डारि (प्युठान ) बिस्नु थापा( प्युठान ) प्रकाश न्यौपाने (गुल्मि )

कोषाध्षक्ष जितेन्द्र केसि (अर्घाखाँची)

सहकोषाध्यक्ष राजेस कु चौरासिया( कपिलबस्तु )

सांस्कृतिक तथा साहित्यिक संयोजक सुसिल बिक( गुल्मि )

युवा संयोजक खगेन्द्र घर्तिमगर

बिद्याथि संयोजन सनु खनाल (अर्घाखाँची)

सदस्यहरु युवराज गौतम (गुल्मि ) संदिप न्यौपाने (कपिलबस्तु ) सिदान्त कार्कि (पाल्पा ) राज गौतम (अर्घाखाँची) तुल्सिराम खनाल (अर्घाखाँची) नारायण खनाल (अर्घाखाँची) दिनेश पराजुलि (रुपन्देहि) जिवन थापा (प्युठान )

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय