Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

इपिएस कोरियाको चेतावनी: भाषा परीक्षा रोक्न खोजे कोरियामा नेपालीले रोजगारीको अवसर गुमाउँछन्

मीन बि क सौल दक्षिण कोरिया,

ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । जारी बिज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने भनिएको छ । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले अवसर गुमाउने चेतावनी दिईएको छ ।

विज्ञाप्तिमा रिटर्नीहरूलाई जबर्जस्ती छनोट गर्न लगाउन सकिँदैन भन्दै रोस्टरमा भएका श्रमिक नसकुन्जेल परीक्षा स्थगित गराएरकेही रिटर्नी कोरिया जान पाउन सक्ने सम्भावना रहेको जानकारी दिईएको छ । सन् २०२२ मा १४ हजार ४९५ जना नेपालीलाई कोरिया रोजगारीको लागि प्रवेश दिईएको थियो । जुन ईपीएस प्रणाली लागू भएका १६ राष्ट्रमध्ये कोरिया प्रवेश गर्ने सबैभन्दा बढी नेपाली श्रमिक हुन् ।

सन् २०२३ मा १६ वटै देशबाट १ लाख १० हजार विदेशी श्रमिक कोरिया भित्र्याउने योजना छ । जसका लागि रोस्टरमा दुई गुणा बढीको अनुमान गरी परीक्षामा धेरै उत्तीर्ण गराइएको थियो ।

२०२३ जुलाई १९ सम्म १४ हजार ३५९ जना नेपाली श्रमिक कोरिया प्रवेश गरिसकेका छन् । यसमा नयाँ श्रमिक १० हजार ११४ जना र ४ हजार २४५ जना कमिटेड श्रमिक रहेको ईपीएस नेपालले जनाएको छ । कमिटेड श्रमिकको अनुपात ३० प्रतिशत रहेको छ ।

हाल नेपालमा परीक्षा पारदर्शी हुनुका साथै कोरियामा छिर्ने नेपाली श्रमिकको संख्या ठूलो भएकाले १६ राष्ट्र मध्ये उत्कृष्ट उदाहरण बनेको नेपाल ईपीएस सेन्टर प्रमुख दकले बताएक छन् ।

यस्तो छ विज्ञप्ति: 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय