Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-7-4 भिषा लिएको २ महिनामै यसरी अबैधानिक हुन पुगे,E-7-4भिषा लिनु भन्दा पहिले हजार पटक सोचौं

E-7-4 भिषा लिनु सजिलो भएपनि जोगाउन निकै गाह्रो छ

सौल दक्षिण कोरिया ,
कोरियामा चर्चाको बिषयमा रहेको E-7-4 भिषामा विभिन्न समस्याहरु रहेका छन् । कतिपय अबैधानिक हुनुपरेको छ भने कतिपयले बिचैमा छाडेर घर फर्किनुपरेको छ ।यस्तै केहि उदाहरण हेल्लो कोरियासंग आएका छन् ।
पहिलो
छुङ्ग्छनबोक्दोमा एउटा स्टील कम्पनीमा काम गर्ने एक जना नेपालीले E-7-4बनाएको २ महिनामा नै अबैधानिक हुनु पर्यो । कम्पनि काम राम्रै चलिरहेको थियो कम्पनि को साहुको ब्यबहार पनि राम्रो थियो । अचानक एउटा डीपार्टमा काम ह्वात्यै घट्यो कम्पनीले त्यो डीपार्ट्नै बन्द गर्न पुग्यो ,यसको सोझो असर निकाल्ने नेपालीलाई असर पर्यो । कम्पनीले अर्को डीपार्टमा पनि राख्न नमानेपछि उनले अर्को कम्पनि खोज्न सकेनन। उनिसंग तिन ओटा विकल्प देखिए ,नेपाल फर्किनुपर्यो, कुनै यस्तै प्रकृतिको कम्पनि खोजेर कम्पनीबाट कामदारको रुपमा राख्न सक्ने भन्ने प्रमाणपत्र लिएर अध्यागमन विभागमा पेश गर्न सक्नुपर्यो कि त अबैधानिक रुपमा बस्नुपर्यो । नेपाल फर्किने सम्भावना नै नरहेको र अर्को कम्पनि खोज्न अत्यन्त्यै गाह्रो भएपछी अन्त्यमा उनि अबैधानिक रुपमा बस्न बाध्य भए। ।
दोस्रो
काम ठिठीकठाक चलिरहेको थियो ,२०१८ मा कोरियन सरकारले भारी मात्रामा तलब बढाउने निर्णय गर्यो ,यसको असर साना कम्पनीहरुमा यति छिटो फैलियो कि कतिपय कम्पनि हरु त बन्द पनि हुन पुगे भने कतिपय कम्पनीहरु मर्ज गरेर चलाउनुपर्ने अबस्थामा पुगे ।
यसको प्रभावबाट ख्यांग्गीदो स्थित एक नेपालीले काम गर्ने कम्पनि पनि अछुतो हुन सकेन डे नाईट गरेर २ सिफ्टमा काम उक्त कम्पनीमा ३ सिफ्ट बनाएर काम लगाउन शुरु भयो । यसले गर्दा उक्त कम्पनीमा पनि दिनको ८ घण्टा मात्रै काम गर्ने वातावरणको शूरुवात भयो । कम्पनि छोड्नको लागी साहुसँग अनुरोध गरेको साहुले स्वीकृति दिन नमानेपछि कम्पनि नै छोडेर घर उनि नेपाल फर्किन बाध्य भए ।उनले E-7-4 भिषा बनाएको करिब २ बर्ष भएको थियो
तेस्रो
बुसान क्षेत्रको एउटा फलाम कम्पनीमा कार्यरत अर्का एक नेपालीले पहिलो कार्यकाल सकेर पुन: कोरिया प्रवेश गरे लगत्तै

E-7-4 भिषा बनाएका थिए । तर उनको E-7-4 भिषा एक बर्ष मात्रै टिक्यो कारण थियो उनले E-7-4 भिषा नवीकरण गर्नको लागि अध्यागमन विभागले तोकेको ५२ अंक पुरा गर्न सकेनन । कारण थियो कम्पनीमा काम नभएर उनको तलबमा आएको भारी गिरावट र उनि बिचमा अचानक घरमा जानु परेको कारणले २ महिनाको तलब पाएका थिएनन । अन्त्यमा उनि अबैधानिक रुपमा बसेका छन् । उनले कोरियन दलालको पछी लागेर ३० लाख वोन खर्च गरि E-7-4 भिषा परिवर्तन गरेका थिए ।उनले भन्छन कसैले भनेको भरमा पछिपछि लाग्दा आज यो अबस्थामा पुगे बरु E-7-4 भिषा नै नबनाएको भए आज मेरो बैधानिक ४ बर्ष भिषा त बाँकी हुन्थ्यो नि ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय