Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा २०२० जनवरी १ बाट नयाँ नियम लागु हुँदै

सौल दक्षिण कोरिया,

कोरियाको वातावरण विभागले आउँदो नयाँ बर्ष २०२० जनवरी १ गतेदेखि लागु हुने गरेर नयाँ नियम ल्याउन लागेको छ । कोरियामा रहेका उपभोग्य बस्तु बिक्रि गर्ने ठुला मार्टहरुमा अबदेखि प्याकेजिङ्ग गरेर सामान उपलब्ध गराउँदा प्रयोग गरिने प्लास्टिकको टेप र प्लास्टिकको डोरी प्रयोग गर्न नपाईने भएको छ । लोट्टेमार्ट ,होमप्लस, इ-मार्ट लगायतका ठुला मार्टहरुमा आगामी बर्ष जनवरी १ गतेबाट टेप र डोरीको प्रयोग नै गरिने छैन भने कोरियामा रहेका फुटपाथहरुलाइ बिस्तारै हटाउँदै लगिने जनाको छ साथै टेप र डोरीको सट्टामा कागजको बाकसहरु प्रयोग गर्नुपर्नेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय