Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

प्रवाशी मजदुरलाई उचित बासको ब्यबस्था गर्न माग गर्दै MTU को पत्रकार सम्मेलन 

 सौल दक्षिण कोरिया,
          दक्षिण कोरियामा बिशेष गरेर कृषि क्षेत्रमा काम गर्ने मजदुरहरुको बासस्थान अत्यन्तै नाजुक हुने गरेको छ । बासस्थानको अवस्थाका कारण २०२० डिसेम्बरमा पोछनमा स्थित  प्लास्टिकको झुप्रोमा सुतिरहेको अवस्थामा चिसोको कारण कम्बोडिया प्रवासि महिला मजदुरकोको मृत्यु भएको थियो ।
       सोही कारणले  प्रवासी मजदुरहरुको एक मात्रै आधिकारिक संस्था प्रवासी मजदुर संगठनको  निरन्तरताको सघर्षको कारण केहि सुधार भएको छ ।   अझै पनि प्रवासि मजदुरको बस्ने कोठाको अवस्थामा सुधार भएको छैन भने कन्टेनर मा बस्न बाध्य छन । मृतक कम्बोडियनको मृत्यु  औधोगिक दुर्घटनाको को कारणले भएको भनि प्रमाणित भई क्षतिपुर्ति पाएको छ  mtu अध्यक्ष उदय राईले जानकारी दिनुभयो ।
Trip
      आज १८ जुनमा एमटियु लगायतले यस्तो घटना नदोहोरिन सरकारले प्रवासि मजदुरको उचित बासस्थानको  उपलब्ध  गराउन योजना ल्याउनु पर्ने माग गर्दै पोछन कृषि फर्म अगाडि पत्रकार सम्मेलन गरि 성우리 मा प्रचारप्रसार कार्यक्रम गरिएको mtu महासचिव मधुसूदन ओझाले जानकारी दिनुभयो ।
     प्रवासी मजदुरको हकहितको लागि कोरियामा आधिकारिक एक मात्रै संस्थाले बिगत लामो समयदेखी मजदुरको पक्षमा धेरै ठुला मुद्दाहरुमा सफलता प्राप्त गरेको छ भने निरन्तर सरकारलाई  दवावमुलक कार्यक्रम गर्दै प्रवासी मजदुरको समस्याहरुलाई सहजता प्रदान गरिरहेको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय