Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले विदेशी कामदार माथी लगाएको प्रवेश प्रतिबन्ध पुर्ण रुपमा फुकुवा गर्दै !

दक्षिण कोरियाले नोभेम्बर महिनाको अन्त्य सम्ममा महामारी को कारण आप्रवासी कामदारहरूको आगमनमा लगाईएका सम्पुर्ण प्रतिबन्धहरू क्रमशः हटाउने योजना बनाएको छ ।

दक्षिण कोरियाको कोरोना संगै बाँचौँ को नयाँ रणनिती अनुसार कोरिया पुरानै लयमा फर्किने योजना बनाएको र आप्रवासी कामदार लाई सहज कोरिया प्रवेश दिने कोरियाली श्रममन्त्री ले जानाकारी दिए।प्रवासी मजदुर हरुको कार्यक्षेत्र भ्रमणका क्रममा मन्त्रीले कोरिया ले कोभिड संगै बाँच्ने योजना ल्याएका कारण अव कोरिया भित्रन पर्खाईमा रहेका प्रवासी श्रमिक हरुलाई लगाईएको प्रवेश प्रतिबन्ध यो महिनाको अन्त्य सम्ममा हटाईने जानाकारी गराए।

सबै विदेशी कामदारहरूलाई स्वदेशमा खोप लगाइएको पुष्टि भएमा र पोलिमर चेन रियाक्सन (पीसीआर) परीक्षणमा नेगेटिभ नतिजा आएमा कोरिया प्रवेश गर्न दिइनेछ र आप्रवासी कामदारहरूको दैनिक र साप्ताहिक आगमनको सीमा लाई फराकिलो पारिने छ।’यस महिनाको अन्त्यमा विदेशी कामदारको प्रवेशलाई विस्तार गरिनेछ भनी ग्यारेन्टी गर्नेछौं,’ उनले भने।

दक्षिण कोरिया सरकारले आफ्ना ७० प्रतिशत नागरिकलाई पुर्ण खोप लगाईसकेको कारण आजबाट कोरोना भाईरस रोकथामका लागी जारी गरिएको सामाजिक दुरीको तेस्रो तहको नियमलाई पहिलो तहमा झारिएको छ।हालसम्म, दक्षिण कोरियाले भाइरसको कारण महामारीको बीचमा केही देशहरूबाट सीमित संख्यामा आप्रवासी कामदारहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको थियो भने अब यो महिनाको अन्त्यबाट क्रमश सबैदेश बाट विदेशी कामदार भित्राउने लक्ष रहेको बताईएको छ।

विगतमा पीसीआर परीक्षणमा नेगेटिभ आएकाहरूलाई मात्रकोरिया प्रवेश गर्न अनुमति दिइयो र आगमनमा अनिवार्य दुई हप्ताको सेल्फ क्वारेन्टाइन बस्नुपर्ने बाध्यत्मक नियम लागु गरिएको थियो भने अव कोरिया प्रवेश गर्ने हरुको हकमा पुरा डोज खोप लागएका र विमानस्थलमा पिसिआर नेगेटिभ आएमा सेल्फ क्वारेन्टाईन बस्नु नपर्ने भएको छ।

महामारी नियन्त्रणमा लगाईएका प्रतिबन्धका कारण दक्षिण कोरिया प्रवेश गर्ने आप्रवासी कामदारहरूको संख्या महामारी अघि वार्षिक औसत ५०,००० बाट महामारीको समयमा ७००० भन्दा तल झरेको मन्त्रालयले जनाएको छ।यहाँका धेरै साना तथा मझौला व्यवसायका साथै कृषी फार्महरुले आप्रवासी कामदारको संख्यामा तीव्र गिरावट आएका कारण जनशक्ति अभाव भएको गुनासो गरेका छन् ।मन्त्रालयका अनुसार प्रतिबन्धका कारण गत महिनासम्म श्रम स्वीकृति लिएका करिब ५०,००० विदेशीहरू कोरिया प्रवेश गर्न पर्खिरहेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय