Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरिया बाट सरस्वती आधारभूत विद्यालयलाई कम्प्यूटर सहयोग

 

सिओल,कोरिया

रोजगारको सिलसिलामा दक्षिण कोरिया गएका विभिन्न जिल्लाका युवाहरूको सहयोगमा श्री सरस्वती आधारभूत विद्यालय आठबिसकोट नगरपालिका २ स्याला रूकुम पश्चिममा १० वटा डेस्टप कम्प्यूटर सहयोग गरेका छन् ।

विद्यालयमा कम्प्यूटर अभावकामा कारण विद्यार्थीहरूलाई पठनपाठन गर्न असम्भव भए पछि कोरियामा रहेका युवाहरूको विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता हुदै आएको देखी प्रधानाध्यापक कृष्ण बहादुर यरीले कोरियामा रहेका ओमलाल ओली समक्ष सहयोग अपिल गरेका थिए ओलीले आफ्नो मुख्य संयोजकमा ७ सदस्य सहितको कम्प्यूटर खरिद अभियान २०२० समुह निर्माण गरी १० दिने अभियानमा कोरियन वन २०,६७,२२२ नेपाली रू २,१८,९८५ विद्यालयको खातामा जम्मा गरेको र नेपालमा पनि थप ३ जना सहयोगीहरूले रू १६,५०० सहयोग गर्दा जम्मा रू २,३५,४८४ सहयोग रकम जम्मा भएको उक्त रकम बाट १० वटा कम्प्युटर खरिद गरेको प्र.अ. कृष्ण बहादुर गरीले एक आैपचारिक कार्यक्रम गरी कम्प्युटर हस्तान्तरणको दिन जानकारी दिए ।

कम्प्यूटर हस्तान्तरण कार्यक्रममा आ-आफ्नो मन्तव्य राख्ने क्रममा दक्षिण कोरियाबाट सहयोग गर्ने सहयोगी सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन समेत व्यक्त गरेका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय