Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा एक महिलाले आफ्नै बच्चा अनलाइन बिक्रीमा राखेपछि !

दक्षिण कोरियाको छेजु आइल्याण्डमा एक महिलाले आफूले जन्माएको बच्चालाई सेकेण्ड हेण्ड मोवाइल बिक्री गर्ने अनलाइन बजारमा बिक्रीका लागि राखेकी छन् ।२,००,००० वन अर्थात १७५ अमेरिकी डलरमा उनले आफ्नो बच्चा बिक्रीका लागि राखेकी हुन् । अन्दाजी २०-३० बर्षकी ति महिलालाई प्रहरीले उक्त पोष्ट भाइरल हुने बित्तिकै नियन्त्रणमा लिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ति महिलाले बच्चाको जन्म पश्चात आफूमा शारिरिक तथा मानशि’क असर परेको बताउदै बिक्री गर्न लागेको बताएकी छन् ।आफूले नचाहाँदा नचाहाँदै बच्चा जन्मेकाले बच्चा बिक्रीमा राखेको समेत उनले बताएकी छन् । अपलोड गरेको केही समयमा नै हटाइएको उक्त पोष्टमा उनले ३६ हप्ताको बच्चा लिन इच्छुकलाई २,००,००० वन सहित सम्पर्क गर्न भनेकी थिईन् ।उनले बच्चा एडप्ट गर्ने प्रकृया झण्झटिलो तथा लामो भएका कारण आफूले उक्त बिकल्प रोजेको बताएकी छन् । हाल प्रहरीले उनीमाथि अनुसन्धान जारी राखेको छ ।श्रीमान समेत आर्थिक रुपमा अत्यन्त विपन्न रहेको र बच्चा हुर्काउन नसक्ने भएका कारण उनी थप मान’सिक त’नावमा रहेको समेत प्रहरीले जनाएको छ ।प्रहरीले उनलाई आर्थिक सहयोग गर्ने पाटो तर्फ समेत आफूहरुले प्रकृया अगाडी बढाएको बताएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय