Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा आज पहिलो पटक २जना नेपालीमा कोरोना संक्रमण पुष्टि

सौल दक्षिण कोरिया                                                दक्षिण कोरियामा कोरोना संक्रमित नेपाली नागरिकको संख्या दुइ पुगेको  कोरियाली संचार माध्यमहरुले जनाएका छन । यस अघि कोरोना संक्रिमित  २० बर्षीय नेपााली युवती सहित सोही कम्पनिमा कार्यरत १७ जनामा कोरोना संक्रमण  भएसंगै उनिहरुको सम्पर्कमा आएका हरुलाई  कोरोना परिक्षण गरिएकोमा उनी सङै बस्ने  साथीमा कोरोना  पोजिटिभ भेटिएको हो । दक्षिण कोरियामा नेपाली नागरिक कोरोना संक्रमण पुष्टी भएको आज पहिलो पटक हो।

संक्रमित युवतीसँग सम्पर्कमा रहेका १७ जनामा काेराेना संक्रमण देखिईसकेकाे छ ।           उनिसँग सम्पर्कमा रहेका थप १ सय ३१ जनामा परीक्षण गरिएकाे र उनिहरुकाे रिपाेर्ट आउन बाँकी रहेकाे बताईएकाे छ । उनिसँग सम्पर्कमा रहेका थप नेपालीमा संक्रमण देखिन सक्ने त्रास बढेकाे छ ।

जानकारी राख्नुहोस : ज्वरो 38 डिग्री भन्दा बढि आएमा वा अन्य कोरोना सम्बन्धित लक्षणहरू बढ्दै गएमा ①Call Center(☎1339, ☎Area Code+120), आवश्यक उपचारका लागि सार्वजनिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोलाा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय