Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

द. कोरियाबाट जिन एयरले पहिलो पटक नेपाल उडान गर्ने, नेपाल बाट कोरिया आउनेलाई चार्टर्ड भाडामा अहिलेसम्मकै सस्तो

सउल द कोरिया ,
द. कोरियामा संचालित जिन एयरले इन्छन – काठमाडौँ /काठमाडौँ – इन्छन चार्टर उडान गर्ने भएको छ। यहि ३० जूनमा पहिलो उडान गर्ने गरी तयारि गर्दै गरेको चार्टर्ड उडानको ब्यबस्थापन टिमले जनाएको छ ।
कोरोना १९ को कारण अहिले नेपालले लकडाउन गरेको छ , यस विषम परिस्थितिमा चार्टर उडान संचालनको लागि चार्टर उडान ब्यावस्थापन गर्ने पक्षले सम्बन्धित देशमा रहेको नेपालि राजदुताबासको समन्वयमा मात्र प्रक्रिया अगाडी बढाउनुपर्ने सन्दर्भमा सो कार्य पुरा भएको जनाइएको छ। यस उडानको ब्यावस्थापन एन आर एन ए, द. कोरिया र नेपाली राजदुताबासको समन्वयमा कोरियामा रहेका दुइवटा ट्राभल एजेन्सी नेपाल टुर कम्पनी र लिंक एशिया टुर्सले गर्ने जनाइएको छ |

ब्यावस्थापन पक्षले यात्रुलाई आवस्यक बिस्तृत बिबरण छिटै सार्बजनिक गर्ने बताएको छ।
जिन एयरको यो विकल्प यात्रु महानुभाबको लागि सहुलियतपूर्ण हुने देखिएको छ। यस अघि कोरियन एयर मार्फत नेपालबाट कोरिया जाने यात्रुले एकतर्फी भाडा 1250 डलर तिरेका थिए भने जिन एअरमा जानेलाई चार्टर्ड प्लेनहरु मध्ये अहिलेसम्मकै सस्तो भाडा   750 डलर  लाग्ने छ। कोरियाबाट नेपाल फर्किने यात्रुले 700 डलर तिर्नुपर्ने जनाइएको छ। एजेन्सीहरुको सल्लाहमा जिन एयरले निम्न उडान तालिका तय गरेको छ, जसमा कोरियाबाट प्रस्थान समय दिउसको १.३० बजे रहेको छ। यो समयमा प्रस्तान हुने यात्रुलाइ विमानस्थल आउन र अध्यागमन पार गरेपछि प्राप्त गर्ने थेजिखुम लिनलाई पनि सहज हुनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय