Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सञ्चालनमा आएको दुई दिन नबित्दै दक्षिण कोरियाका विद्यालयहरू बन्द

सौल दक्षीण कोरिया

दक्षिण कोरियामा सञ्चालनमा आएको केही दिन नबित्दै दुई सय विद्यालय पुनः बन्द गरिएको छ । कोरोनाभाइरस सङ्क्रमणको रफ्तार बढेपछि विद्यालय बन्द गरिएको हो ।

कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटेपछि दक्षिण कोरियामा गत बुधबारबाट विद्यालय सञ्चालन गरियो । हजारौँ विद्यार्थी विद्यालय पुगे । तर भोलिपल्ट ७९ जना नयाँ सङ्क्रमित फेला पर्यो । पछिल्लो दुई महिनामा दक्षिण कोरियामा यति धेरै सङ्ख्यामा सङ्क्रमित फेला परेको पहिलो घटना हो । अधिकांश सङ्क्रमित सियोलबाहिरको बुकन शहरको एक वितरण केन्द्रसँग सम्बन्धित छन् । शहरको सबै २५१ विद्यालय बन्द गरिएको छ । राजधानी सियोलमा निर्धारण गरिएको ११७ विद्यालय सञ्चालन हुनुपूर्व नै पुनः बन्द गर्न सूचित गरिएको छ ।

सियोलको एक विद्यालयमा अध्ययनरत एक छात्रमा सङ्क्रमणको पुष्टि भएको छ । छात्रकी आमा बुकनस्थित वेयरहाउसमा कार्यरत हुनुहुन्छ । सियोल शहर र वरिपरिको सार्वजनिक पार्क तथा सङ्ग्रहालय बन्द गरिएको छ । भिड गर्न नहुनेमा जोड दिइएको छ ।

सन् २०१९ को अन्त्य तथा जनवरी महिनामा दक्षिण कोरिया विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्रको रुपमा देखा पर्यो । तर ‘ट्रेस, टेष्ट र ट्रिट’को नीति कठोरतापूर्वक लागू गर्दा कोरिया एक महिनाभित्रै सङक्रमण नियन्त्रणमा ल्यायो ।

शुक्रबार ५८ जना नयाँ सङ्क्रमित फेला पर्यो । दक्षिण कोरियामा सङ्क्रमित हुने ११ हजार ४०२ पुगेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय