Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

२०२० को इपिएस भाषा परिक्षा रद्द, सिबिटी परिक्षा पनि नहुने

मिन बि क ,सौल दक्षिण कोरिया
नेपाल स्थित एच आर डी कोरियाको कार्यालयले सुचना प्रकाशित गर्दै २०२० को जुनमा लिने भनिएको इपिएस भाषा परिक्षा नहुने तथा २०२० भरि सी बि टी परिक्षा नहुने जनाएको छ। यस अगाडी आईरहेका समाचारहरुको खण्डन गर्दै इ पी एस सेन्टर नेपालले जारी गरेको सुचनामा भनिएको छ , २०२० जुनमा लिने भनिएको इपिएस भाषा परिक्षा कोरोनाको कारण रद्द गरिएको जनाएको छ भने २०२० को छनोट परिक्षा कहिले गर्ने भन्ने योजना बनि नसकेको जनाएको छ।
साथै अब हुने परिक्षामा सहभागी परीक्षार्थीले अनिवार्य रुपमा फिंगर प्रिन्ट दिएर मात्र परिक्षामा समावेश हुन पाइने तथा अबको परिक्षा कम्पुटर प्रविधिमा आधारित हुने जनाएको छ। नेपाल सरकार संग छलफल हुँदै गरेको र यी सम्पूर्ण तयारीहरु पुरा भएपछी मात्रै भाषा छनौट परिक्षा कहिले गर्ने भन्ने सुचना प्रकाशित गर्ने जनाएको छ।

२०२० मा अझै धेरै नेपाली युवाहरुलाई पास गराएर कोरिया लैजाने योजना जनाएको भएतापनि यस अब हुने परिक्षामा कृषित था पशुपालनको लागी परिक्षा हुने छैन। २०१९ मा कृषि तथा पशुपालनमा पास भएर रोश्टरमा धेरै रहेकोले कृषि तथा पशुपालनमा छनौट परिक्षा नलिने जनाएको छ। यसले गर्दा गत बर्षको तुलनामा यो वर्ष भाषा परिक्षामा उत्तीर्ण संख्या भने कम हुनेछ।

रोश्टरमा रहेका धेरै व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने भएकोले यो वर्ष सिबिटि नहुने भएको छ।
अनलाईन मार्फत परिक्षा संचालनको बिषयमा छलफल भएको भएतापनि अझ कुनै निष्कर्षमा नपुगेको इपिएस सेन्टरले प्रकाशित गरेको सुचनामा उल्लेख गरेको छ।
हेर्नुहोस इपिएस सेन्टरले जारी गरेको सूचना !!!

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय