Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

बिश्वकर्मा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन मार्च १ हुँदै,

सौल दक्षिण कोरिया

बिश्वकर्मा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन आगामी मार्च १ (आइतबार) बिहान ११:०० बजे सुरु हुने भएको छ। उक्त कार्यक्रम 경기도 수원시 팔달구 덕영대로 923, भेटघाट रेस्टुरेन्टमा आयोजना गरिनेछ।

 

“विभेद रहित समाजको परिकल्पना, समानता सहित समृद्ध नेपालको हाम्रो चाहाना” भन्ने मूल नाराका साथ स्थापित यस संस्थाले कोरियामा रहँदै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। संस्थाले आफ्नै भलिबल टिम गठन गरी कोरियामा आयोजना हुने विभिन्न भलिबल प्रतियोगिताहरूमा दाबेदार रूपमा प्रतिस्पर्धा गर्दै उल्लेखनीय उपस्थिति देखाउँदै आएको छ।

 

Trip

यति मात्र नभई यस संस्थाले नेपालमा हुने हरेक किसिमका सामाजिक कार्यहरूमा समेत उल्लेखनीय रूपमा सहभागिता जनाउँदै स्वदेश र विदेश दुवैतर्फ आफ्नो सकारात्मक पहिचान बनाउन सफल भएको छ।

यस अधिवेशनमा कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ। थप जानकारीका लागि भीम बराइली (010-6447-0998) वा **मुकेश (010-6891-1344)**मा सम्पर्क गर्न सकिनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय