Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

मुक्तक प्रतिष्ठान दक्षिण कोरिया को आयोजनामा ‘बृहत् साहित्य मेला 2026’ कार्यक्रम सम्पन्न

सौल दक्षिण कोरिया

नेपाली मुक्तकको विकास र विस्तारका लागि विगत एक दशक लामो समयदेखि निरन्तर रूपमा सक्रिय संस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया को आयोजनामा ‘बृहत् साहित्य मेला 2026’ कार्यक्रम सौलस्थित शुभेच्छा रेस्टुरेन्ट को हलमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले गर्नुभएको थियो भने सञ्चालन संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक राज बञ्जाडेले गर्नुभएको थियो ।

 

प्रमुख अतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईको उपस्थिति रहेको थियो । विशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार एवं संरक्षक आर एन रहनुभएको थियो । साथै सल्लाहकार सुशील शर्मा, सल्लाहकार ह्यारी बोण्ड, पाँच स कोरियाका उपाध्यक्ष शालिग्राम अर्याल लगायतको आतिथ्य उपस्थिति रहेको थियो ।

 

Trip

कार्यक्रममा अतिथि वाचकका रूपमा कवि सेसेफुङ शेर्मा, मुक्तककार रामचन्द्र शर्मा तथा गजलकार भीषण माहिलाले आफ्ना सशक्त सिर्जना प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी जीवन भण्डारी, रुसन सुवेदी, दीप प्रदिप कुमार, रुद्र कँडेल, मनोज पौडेल, मिलन शर्मा बस्याल, सन्देश पौडेल, प्रेम नारायण पाण्डे, दिपक स्पन्धन, चन्द्रकला राना मगर लगायतका सर्जकहरूले दमदार गजल, मुक्तक तथा कविताहरू वाचन गर्दै कार्यक्रमलाई साहित्यिक ऊर्जाले भरिपूर्ण बनाएका थिए । यसका साथै साहित्य सुन्नका लागि मात्रै आएका साहित्यप्रेमी श्रोताहरूको पनि राम्रो उपस्थिति थियो ।

 

कार्यक्रम संयोजक सरोज भण्डारीले सम्पूर्ण व्यवस्थापन समन्वय गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको यस कार्यक्रममा मुक्तककार सरु लामिछानेको मुक्तक सङ्ग्रह भीरको फूल पनि विमोचन भएको थियो। परदेशको व्यस्त जीवनबीच पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक अभियानहरूले उल्लेखनीय योगदान पुर्याइरहेको सहभागीहरूले बताएका छन् । कार्यक्रमको लागि ब्यानर सौजन्य हिमालय ट्रीप ट्राभलका प्रबन्धक मीन बाइकले गर्नुभएको थियो भने सञ्चार सहकार्यमा सेतोमाटो, न्युज्स केन्द्रविन्दु, गोर्खाली रेडियो, कोरिया पाटी,वर्ल्ड खबर र विशाल आवाजहरू थिए । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय