Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

विधान उल्लंघन भएपछि आज हुने दक्षिण कोरियाको पत्रकार महासंघ अधिवेशन क्रियाशील पत्रकारले बहिष्कार गरे

दक्षिण कोरिया —

नेपाल पत्रकार महासंघ दक्षिण कोरियामा विधान उल्लंघन भएपछि आज आयोजना हुने भनिएको अधिवेशन क्रियाशील पत्रकारहरूले बहिष्कार गरेका छन्। साथै, सो अधिवेशन केन्द्रबाटै स्थगित गरिदिन माग गर्दै केन्द्रीय समितिमा औपचारिक निवेदनसमेत दर्ता गरिएको छ।

गत करिब एक महिनादेखि कार्यसमिति सदस्य, सल्लाहकार, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत दक्षिण कोरिया स्थित सक्रिय पत्रकारहरूले सदस्यता नवीकरण, नयाँ सदस्य थप, शुल्क निर्धारण तथा निर्वाचन प्रक्रियामा देखिएका गम्भीर त्रुटि र विधान उल्लंघनका विषयमा केन्द्रमा पटक–पटक निवेदन दिँदै आएको जनाइएको छ।

Trip

तर ती निवेदनहरूलाई बेवास्ता गर्दै कुनै ठोस समाधान ननिकाली राजनीतिक दबाबका आधारमा जबर्जस्ती अधिवेशन गर्न खोजिएको आरोप क्रियाशील पत्रकारहरूले लगाएका छन्। उनीहरूका अनुसार हाल अपनाइएको प्रक्रिया महासंघको विधान, संस्थागत मर्यादा र लोकतान्त्रिक अभ्यासविपरीत छ।

विशेषगरी सदस्यता व्यवस्थापनमा पारदर्शिता नदेखिएको, नयाँ सदस्यता थप्ने प्रक्रिया विवादित रहेको, शुल्क निर्धारण मनपरी गरिएको तथा निर्वाचन समिति परिवर्तनसमेत विधिसम्मत ढंगले नगरिएको दाबी गरिएको छ।
संस्थागत गरिमा, पारदर्शिता र विधिसम्मत प्रक्रिया सुनिश्चित नभएसम्म अधिवेशन बहिष्कारलाई दबाबको माध्यमका रूपमा लिइएको जनाउँदै क्रियाशील पत्रकारहरूले महासंघ केन्द्रको शीघ्र हस्तक्षेप, स्पष्ट निर्देशन र अधिवेशन स्थगनको माग गरेका छन्।

क्रियाशील पत्रकारहरूको बहिष्कार र केन्द्रमा दर्ता गरिएको निवेदनपछि आज हुने भनिएको अधिवेशन अन्योलमा परेको छ। यस विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय