सियोल, दक्षिण कोरिया –
कोरियामा बसोबास गर्ने नेपाली समुदायको एक गौरवशाली र सम्मानित संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले आगामी अक्टुबर ०७ गते मंगलबार आफ्नो २८औं वार्षिक साधारणसभा तथा विधान संशोधन २०२५ कार्यक्रम आयोजना गर्न लागेको छ। यो महत्वपूर्ण कार्यक्रम सियोलस्थित नमस्ते रेष्टुरेन्ट, दोइउदेमुन सिओलमा दिउँसो ११:०० बजे सुरु हुनेछ।
स्याङ्जा परिवार दक्षिण कोरिया नितान्त परोपकारी र सेवामूलक संस्थाको रूपमा कोरियाली नेपाली समुदायमा व्यापक सम्मान र पहिचान बनाएको छ। यो संस्थाले पछिल्ला २८ वर्षदेखि कोरियामा बसोबास गर्ने स्याङ्जा जिल्लाका मूल भएका नेपालीहरूलाई एकजुट पार्ने र उनीहरूको सामाजिक, सांस्कृतिक तथा आर्थिक उत्थानका लागि निरन्तर काम गर्दै आएको छ।
संस्थाका पदाधिकारीहरूका अनुसार, यस वर्षको साधारणसभामा गत वर्षको गतिविधि प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गरिने छ। साथै आगामी वर्षको कार्ययोजना र बजेट पारित गरिनेछ। विशेष गरी यस पटकको साधारणसभामा संस्थाको विधान संशोधन २०२५ को मुद्दालाई प्राथमिकताका साथ छलफल गरिने बताइएको छ।
स्याङ्जा परिवार दक्षिण कोरियाले आफ्ना सदस्यहरूका लागि भाषा शिक्षा, सीप विकास, कानुनी सहायता, स्वास्थ्य चेतना, र आकस्मिक अवस्थामा आर्थिक सहयोग जस्ता विविध परोपकारी गतिविधि संचालन गर्दै आएको छ। यो संस्थाले कोरियामा रहेका नेपालीहरूको उनीहरूको समस्या समाधान र स्वदेशसँग सम्बन्ध कायम राख्ने कामलाई निरन्तरता दिएको छ।
संस्थाका संस्थाका अध्यक्ष सुशील गुरुङका अनुसार, “स्याङ्जा परिवार दक्षिण कोरिया परोपकार र सेवाको भावनाले निर्देशित संस्था हो। हामी आफ्ना सबै सदस्यहरूलाई एकजुट गरेर उनीहरूको कल्याणका लागि काम गर्छौं।” उनले थप भने, “यस वर्षको साधारणसभाले हाम्रो संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू लिनेछ।”
कार्यक्रमका आयोजकहरूले जानकारी दिएअनुसार, साधारणसभामा स्याङ्जा जिल्लाका सबै नेपालीहरूलाई सहभागी हुन आग्रह गरिएको छ। विशेष गरी कोरियामा लामो समयदेखि बसोबास गर्ने र नयाँ आएका दुवै समुदायका व्यक्तिहरूले यस कार्यक्रममा सक्रिय सहभागिता रहनेछ ।
स्याङ्जा परिवार दक्षिण कोरियाको यो वार्षिक अधिवेशनले कोरियाली नेपाली समुदायको एकता र संगठनलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।