Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा डिजिटल ठगिमा पर्ने नेपालीको संख्या बढ्दो ।

दक्षिण कोरियाको ख्याङगिदो प्रान्तमा कार्यरत ३ नेपालि युवा जो प्रविधिको दुरूपयोगबाट ठगिएका छन।उनिहरूको बास्तिक कथा जस्ताको तस्तै सुन्नुहोस।

१.चितवनको टाँडि बस्ने सन्दिप कोरियामा विगत ४ वर्षदेखि प्लास्टिकको कम्पनीमा काम गर्थे। भरतपुरमा घर किन्न लागेका सन्दिपलाई पैसाको आवश्यक थियो। संगै काम गर्ने साथि मार्फत चिनेको भन्ने आधारमा फेसबुक मार्फत जोडिन पुग्यो र पछी whatsapp मार्फत पनि कुरा भयो ।उस्ले भन्यो म JB बैंकम काम गर्छु।सस्तो ब्याजमा, छिटो छरितो बिना झन्झट लोन लिन चाहानुहुन्छ भने म मिलाईदिन्छु सन्दीपले विश्वास गरे।
अफिसको नम्बर भनि अर्को नम्बरमा फोन गर्न भनियो सम्पर्क गरेपछि अर्को ब्यक्त्तिले भन्यो तपाईंको Alien Card नम्बर, मोबाइल नम्बर, अनि कुन कम्पनीबाट पैसा पठाउनुहुन्छ त्यो जानकारी चाहियो, सिस्टममा भेरिफाइ गर्न।” गर्न भनि मागियो।उनको मोबाईलमा OTP माग्दा समेत केहि मेसो पाएनन।
केहि समयपछि थाहा भयो उनको खातामा भएको १५ लाख वन कसैले चोरी गर्‍यो।
थाहा पाउँदा ढिलो भइसकेको थियो। बैंकले भन्यो: “तपाईंको जानकारी तपाईंले आफैं दिएका कारण हामी जिम्मेवार हुन सक्दैनौ।

२.म्याग्दि स्थायी घर भई हाल पोखरा बसोबास गरेका रमेश, एक सामान्य नेपाली युवा, दक्षिण कोरियामा पसिना बगाउँदै परिवारको आशा, ऋणको बोझ, अनि भविष्यको सपना बोकेर ऊ दिनरात काम गरर्दै थियो।एक दिन फेसबुक म्यासेन्जरमा “सुनिता” नामकी युवतीको मेसेज आयो। रमाइलो कुराकानीबाट सुरू भएको सम्बन्ध बिस्तारै निकै नजिक हुन थाल्यो।
सुनिताले भन्न थाली—“तिमी जस्तो मिहिनेती र सच्चा साथि पाउनु मेरो भाग्य हो, अघिल्लो जन्मको सत्कर्मको फल हो ।
रमेशको मन पग्लियो। दिन दिनै च्याट, भिडियो कल, अनि मायाको नाटक। केही महिनापछि सुनिताले भनिन्, “मेरो आमाको अपरेशन छ, ठुलो खर्च लाग्ने भो, सघाइदिन सक्छौ?”
रमेशले सिधै ३ लाख पठायो। तर त्यही दिनपछि सुनिता हराइन्। न मेसेज, न फोन। रमेशको मन भत्कियो, आत्मग्लानिमा डुब्यो। पछि बुझ्दा थाहा भयो, सुनिता भनिएकी ती व्यक्ति ठग समूहको सदस्य थिइन्, जो युवालाई भावनामा फसाएर लुट्ने काम गर्थिन।

Trip

३.नवलपुर बौदिकालि घर भएका विनोदलाई एक दिन काम गर्ने क्रममै म्यासेन्जरमा आफ्नो नजिकको भाइको ID बाट म्यासेज पाए। “दाइ, म अस्पतालमा छु, एक्सिडेन्ट भयो,” उपचारमा सहयोग गर्नु पर्यो भनि फोटोसहित म्यासेज आयो।
विनोद आत्तिए। तुरुन्त १ लाख पठाए। पछि उनले आफनो भाइको परिवारलाई फोन गर्दा उनि छांगाबाट खसे जस्तै भए।
भाइको नाम र फोटो प्रयोग गरेर कुनै अञ्जान व्यक्तिले म्यासेन्जर ह्याक गरेर ठगी गरेको रहेछ।

साथिहरू
कोही अन्जान व्यक्ति फेसबुक, म्यासेन्जर वा व्हाट्सएपबाट अत्यन्तै नजिकिन खोजे भने सतर्क हुनुहोस्।

Alien card,मोबाईल नम्बर,रेमिट्यान्स डिटेल कहिल्यै अन्जान व्यक्ति मात्र होईन आफ्नै साथिलाई पनि नदिनुहोस्।

“रेमिट्यान्सको कर्मचारी” वा “लोन एजेन्ट” भन्नेहरू सबै विश्वासिला हुँदैनन्।यस्ता ठगहरू तपाईंको जानकारी प्रयोग गरेर तपाईंको पैसा सजिलै चोरी गर्न सक्छन्।त्यसैले केहि कुराको पनि लोभ लालचमा नफसौं
सजग रहौं, सुरक्षित रहौं। सबैलाई सेयर गरौं।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय