Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा सन्दीप हुक्पा चोङ‌वाङ्ग

सौल दक्षिण कोरिया ,
कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न  पाँचौ अधिवेशन सम्पन्न भएको छ भने सन्दीप हुक्पा चोङ‌वाङ्गअध्यक्ष्य मा चुनिएका छन्। “ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको  ऐतिहासिक पाँचौ अधिवेशन  दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो।

Trip

नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो।पूर्वी नेपाल समाज दक्षिण कोरिया आवद्ध क्रियाशील संस्था ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको पाचौं अधिवेशन बाट बरिष्ठ उपाध्यक्षमा जनम लिम्वु,उपाध्यक्षमा अविरल तिलीङ  लिम्बु ,विपिन कन्दङ्वा,पुष्प गुरागाई,सचिवमा विक्रम तामाङ्ग,सह-सचिवमा ओन  खेवा ,कोषाध्यक्षमा राजन उप्रेती ,सह-कोषाध्यक्षमा गुमानसिँह लिम्वु र सदस्य हरुमा गोमियो सेनेहाङ्ग‌,लक्ष्मण तामाङ,शुसिल आङखेवा,तुलाहाङ लिम्बु ,नविन तुम्बाहाम्फे ,दिवस लिम्बु, आईश्वर फोम्बो, ईशान वस्नेत गरि १७ सदस्यिय नया कार्यसमिति चयन भएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय