Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियामा अकस्मात मृत्यु भएका सशी खतिवडाको पार्थिव शरीर नेपाल पुर्याउनको लागी आर्थिक सहयोग गरिदिन अनुरोध .

सौल दक्षिण कोरिया ,

रोजगारीको सिलसिलामा प्रवासी भुमी दक्षिण कोरियाको छुङ्छङ्बुक्दो प्रान्तको जेछनमा कार्यरत् जिल्ला सुनसरी इटहरी निवासी वर्ष 49 को सशी खतिवडा ( अवैधानिक प्रवासी श्रमिक ) अकस्मात बिरामी भएपछि जेछन स्थित मेङ्जी हस्पिटलमा भेन्टिलेटरमा उपचाररत् रहेकै अवस्थामा हिजो जनवरी 26 तारिख आइतबारका दिन बिहान 11:49 बजे दु:खद् निधन भएको छ। अकस्मात मृत्यु भएका सशी खतिवडाको पार्थिव शरीर नेपाल पुर्याउनको लागी आर्थिक सहयोग गरिदिन अनुरोध गरेको छ।

Trip

अस्पताल श्रोतले दिएको जानकारी अनुसार वहाँ क्षयरोग(TB), निमोनिया र सुगर जटिल रोगले संङ्क्रमित भई शरीरका विभिन्न अंगहरु फोक्सो,आखा र मिर्गौलाले समेत काम गर्न छोडेको एकदमै जटिल स्वास्थ्य अवस्थामा उपचाररत् हुनुहुन्थ्यो र उनको उपचारमा भएको बिवित खर्च मध्येमा करीब 1 करोड वन जति अझै पनि तिर्न बाँकी नै रहेको छ।

निजको नजीकका आफन्त नभएका कारण नेपाली राजदुताबास सउलको सहजता र एनआरएनए कोरियाका अध्यक्ष बुद्धि गुरुङ दाइको विशेष समन्वयमा अस्पतालको खर्च रकम नेपाली समुदायबाट स्वेच्छिक सहयोग जुटाइ पछि तिर्ने गरी जनवरी 27 तारिखमा वहाँको शवलाई अस्पतालबाट बुझी नेपाल पठाउन इन्छन् एअरपोर्ट पठाइएको बेहोरा जानकारी गराइन्छ।
केही दिनअघि एन आर एन ए कोरियाका अध्यक्ष श्री बुद्धि गुरुङ्ग ज्यू र पूर्वान्चल समाज / मोरंग डाइनामिक समाजको सल्लाहाकार समाजसेबी जीवन थापा ज्यूले पनि हस्पिटलमा गएर बिरामीको स्वास्थ्य अवस्था , भिसाको समस्या जानकारी लिएर जानु भएको अवगत नै छ र एम टि यु अध्यक्ष उदय राई ज्यूले समेत उचित सल्लाह र सुझाव दिनु भएको थियो।
बिरामीको लागि उपचारमा अलि सहज होस् भनेर जेछन नेपाली समाजले आर्थिक सहयोग सङ्कलन अभियान सुरु गर्नै लाग्दा वहाँ दिवंगत हुनु भएको खबरले सबैलाई मर्माहत तुल्याएको छ।
उनको घरको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र उपचारको क्रममा लागेको बिबिध खर्चहरुलाई पूर्ति गर्नको लागि रकम अपुग भएकोले कोरियामा रहेका क्रियाशिल विभिन्न संघ सस्था लगायत एन आर एन ए , एन सी सी , बिशेष पूर्वान्चल समाज , सुनसरी जिल्लाबासी, इटहरीबासी अन्य कोरियामा हरेक क्षेत्रमा छरिएर रहेका नेपाली दाज्यु भाई दिदी बहिनीहरुलाई आर्थिक सहयोगको लागि हार्दिक बिन्तिभाव बिसाउन चाहान्छौ l अस्पतालमा भएको सबै खर्चको सक्कली बिल समेत पारदर्शी ढंगले सार्वजनिक गरिनेछ र लक्ष्य गरेभन्दा बढी रकम जुटेमा बचेको रकम वहाँको परिवारलाई हस्तान्तरण गरिनेछl
नोट यस दुखद घडीको जटिल अवस्थामा मानविय सहयोगी प्रेम लामा, पशुपति गुरुङ्ग, किशोर लिम्बु, राज थापा, दिनेश भुजेल, कुल श्रेष्ठ, बिश्व अधिकारी, लाल साउद लगायत एन आर एन ए कोरियाका अध्यक्ष बुद्धि गुरुङ्ग ज्यू, पूर्वान्चल समाज – डाइनामिक मोरंग समाज जिवन थापा ज्यू,
एम टि यू का अध्यक्ष उदय राई ज्यू, नेपाली राजदुताबास सउल कोरिया समग्रमा जेछनबासी नेपाली परिवारलाई स – धन्यबाद ज्ञापन गर्दछौ l
सहयोगका लागि :
GURUNG KRISHNA BAHADUR
SHINHAN BANK
BANK A/C NO.
110 260 790 962
(नोट :सहयोग गरेपछि रकम ट्रान्सफर गरेको स्लिप इनबक्स मेसेज गरिदिन हुन अनुरोध गरिन्छ।)
धन्यवाद !
फोन संवादका लागि :
राज थापा 010 2186 0346
लाल साउद 010 5856 7864
ब्रो o तमु 010 75831699
दिनेश भुजेल 01024059202
सुबिन्द्र मगर 01095010904

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय