Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

   ख्यङ्गी-दो ख्वाङ्जुमा कोरियाव्यापी कविता प्रतियोगिता सम्पन्न ,

सौल दक्षिण

कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले अंग्रेजी नयाँवर्षको अवसर पारेर गत आइतबार १९ जनवरी २०२५ मा कोरियाव्यापी खुला नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

परदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कोरियामा रहनुहुने ३० नेपाली कविहरुले सहभागिता जनाउनु भएको थियो । कवि विजयता भण्डारीको कविता पर्खाईको समयले प्रथम स्थान हासिल गर्दा कवि सरोज भण्डारीको कविता माटो हुने हौँ सब द्वितीय भएको थियो भने कवि डिइबी सिकारुको खुलासा कविताले तृतीय स्थान हात पारेको उक्त प्रतियोगितामा कवि मुक्ति न्यौपानेको थकित योद्धा कविता र कवि राजेन्द्र संयोगीको खबरदार कविता सान्त्वना भएका थिए ।

Trip

विजेता कविहरुलाई क्रमश: ३ लाख वन, २ लाख वन, १ लाख वन, ५० हजार वन र प्रमाणपत्रले सम्मान गरिएको थियो । गैरआवसीय नेपाली सघं दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको प्रमुख आतिथ्यमा कोरियाको ख्यङ्गीदो ख्वाङ्जुमा सम्पन्न उक्त प्रतियोगितामा निर्णायकको भुमिका अग्रज कवि तथा समालोचक त्रय जीवन खत्री, मोहन कार्की र आर एन अधिकारी हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष नवराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरियन कविहरु मुन छाङ्गिल, किम गुम्ने र इ गिजु ज्यूको विशेष उपस्थिति हुनुका साथै कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली सघंसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

संस्थाका महासचिव ह्यारी बोण्डले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सम्पन्न पार्न बैंकिङ पार्टनरको रुपमा हरि प्रसाद भट्टराई जेबी बैंक लोन, रेमिट्यान्स पार्टनरको रुपमा सेन्ट बि रेमिट, ट्राभल पार्टनरको रुपमा ड्रीम होराइजन टुर्स एण्ड ट्राभल र होटल पार्टनरको रुपमा स्वयम्भु रेस्टुरेन्टको सहकार्य रहेको थियो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय