स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजना तथा नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा सम्पन्न हुन गैरहेको प्रथम “डबल ब्याडमिन्टन कप २०२४” को तयारी पुरा भएको छ। दक्षिण कोरियामा रहेको नेपाली समुदायहरूमा ब्याडमिन्टन खेलको विकास तथा खेलको माध्यमबाट एक-आपसमा एकता,भाइचारा र मेलमिलापको भावनालाई अझ सुदृढ सशक्त बनाउँदै लैजानु नै खेल आयोजनाको प्रमुख उद्देश्य रहेको आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्षले बताउनुभयो।
गृह जिल्ला स्याङ्जामा शिक्षा क्षेत्रमा टेवा पुर्याउने मुख्य उद्देश्य लिएर खेल आयोजना गरेको र यस खेल बाट संकलित आर्थिक रकमले हरेक वर्ष हुने एसइइ परीक्षामा स्याङ्जाका समुदायिक विद्यालयबाट सर्वोत्कृष्ट हुने एकजना छात्रा र एक जना छात्र गरी दुई जना भाइबहिनीहरुलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने योजनासहित अक्षयकोषको स्थापना गर्ने गरि प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ आयोजना गरिएको संस्थाका सचिव टोजिन्द्र गुरुङले बताउनुभयो।
पवित्र उद्देश्यका साथ् आयोजना गरिएको खेलमा उल्लेख्य रुपमा खेलाडीहरुको सहभागीता भएको आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण खेलाडि , संघ-संस्था, बुद्दिजिवि ,पत्रकार,समाजसेवी लगायत सम्पूर्ण नेपालीहरुको बाक्लो उपस्थीतीमा सौहार्दपूर्ण तरिकाले खेल सम्पन्न हुने कुरामा आयोजक विश्वस्त रहेको सस्थाका अध्यक्षको भनाई छ।
प्रतियोगीता सम्बन्धी थप जानकारी
प्रतियोगीता हुने मिति : 2024 Dec 29 (sunday)
खेल हुने स्थान : ख्यांगीदोको ह्वासङ ओसान (경기도 화성시 발안로1191-8 )