मीन बि क ,सौल दक्षिण कोरिया
राष्ट्रिय जनसहमति निवेदनको वेवसाइटको मुख्य पेजमा ‘संविधान र कानुन उल्लंघन गर्ने जनशक्ति पार्टी विघटनसम्बन्धी निवेदन’ परिरहेको छ । आज बिहान 10 बजे सम्मको तथ्यांकलाई आधार मान्ने हो भने जनशक्ति पार्टी विघटन गर्नको लागि सहमती सहित हस्ताक्षर गर्नेको संख्या 110,000 नाघेको छ ।
कोरियाको नियम अनुसार ५०,००० भन्दा बढी व्यक्ति सहमत भएमा सार्वजनिक सहमतिको निवेदन सम्बन्धित स्थायी समितिमा पठाइन्छ।
जनशक्ति पार्टीका सांसदहरू, प्रतिनिधि किम ये-जी, किम साङ-वुक र आन चेओल-सु बाहेक, राष्ट्रपति बिरुद्द ” महाभियोग” विधेयकमा मतदान गर्न सामूहिक रुपमा अनुपस्थित भएकोले संविधानको उल्लङ्घन” भएको निवेदकहरुको तर्क छ ।
“राष्ट्रिय सभाका सदस्यले राष्ट्रिय हितलाई प्राथमिकता दिई आफ्नो विवेक अनुसार कर्तव्य निर्वाह गर्नुपर्नेमा सामुहिक रुपमा मतदानका लागि बाधा पुर्याएको जनताहरुले आफ्नो रायमा भनेका छन । “यसले गर्दा सार्वभौमसत्ताको सिद्धान्तलाई कमजोर बनाउँने र देशको लोकतान्त्रिक पद्धतिलाई समेत कमजोर बनाउने तर्क छ ।