Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाका राष्ट्रपति युनलाई देश छोड्न प्रतिबन्ध

मिन बि क सौल दक्षिण कोरिया

न्याय मन्त्रालयले डिसेम्बर ९ देखि लागु हुने गरेर राष्ट्रपति युन सक-यललाई देश छाड्न अचानक प्रतिबन्ध लगाएको छ । कोरियाको इतिहासमा वर्तमान राष्ट्रपतिलाई देश छाड्न प्रतिबन्ध लगाइएको यो पहिलो घटना हो ।

न्याय मन्त्रालयको अध्यागमन र विदेशी नीति विभागका प्रमुख राष्ट्रिय सभाको व्यवस्थापिका तथा न्यायापालीको समितिमा उपस्थित भएर भने, “राष्ट्रपति युनलाई आज ९ गते दिउँसो 3:30 बजे देखि लागु हुने गरेर देश छोड्न प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति युन र उनलाई सहयोग गर्ने अन्यका विरुद्ध मार्शल ल को घोषणा गर्दाको आरोपमा छानबिन गर्न व्यवस्थापिका र न्यायपालिका समितिको बैठक निरन्तर भईरहेको छ।

Trip

यसअघि, मार्शल ल घोषणाको अनुसन्धान गरिरहेको उच्च-स्तरीय छानबिन तथा अनुसन्धान अधिकारीहरूको अपराध अनुसन्धान कार्यालय (KOFIC) ले राष्ट्रपति यूनलाई देश छोड्न प्रतिबन्ध लगाउन आज दिउँसो 3 बजे न्याय मन्त्रालयमा निवेदन दिएको थियो। राष्ट्रिय प्रहरी एजेन्सीको राष्ट्रिय अनुसन्धान मुख्यालयले पनि राष्ट्रपति युनलाई देश छोड्न प्रतिबन्ध लगाउने विचार गरिरहेको भनेको थियो ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओ डोङ-वुनले व्यवस्थापिका र न्यायिक समितिमा उपस्थित भई राष्ट्रपति युनकी पत्नी किम कुन-हीलाई देश छोड्न प्रतिबन्ध लगाउने निवेदनमा पनि विचार गर्ने भनेका छन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय