Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

६ घन्टा पनि टिकेन कोरियामा शैन्य शासन , सांसदहरुको बहुमतले खारेज ‘

दक्षिण कोरियाका राष्ट्रपतिले देश र जनताको सुरक्षाका निमित्त भनेर आपतकालिन शैन्य शासन  घोषणा गरेको६ घन्टामै सांसदहरूको बहुमतले खारेज गरिदिएका छन ।

सांसदहरुले  बिहान १:०० बजे, आपतकालीन सैन्य शासन हटाउन प्रस्ताव संसदमा पेस गरियो। यसमा उपस्थित १९० सांसदहरूले सर्वसम्मतिले स्वीकृति दिए। यसको परिणामस्वरूप, संसदमा खटिएका सैनिकहरू पनि फिर्ता भएका छन ।

यसअघि, राष्ट्रपति युनले बिहान ४:२७ बजे योंगसानस्थित राष्ट्रपतिको कार्यालयबाट प्रत्यक्ष प्रसारणमार्फत आपतकालीन सैन्य शासन हटाउने घोषणा गर्नुभयो। उहाँले अघिल्लो दिन राति १०:२५ बजे घोषणा गर्नुभएको आपतकालीन सैन्य शासन केवल ६ घण्टाभन्दा केही बढी समय टिक्यो।

लगत्तै प्रधानमन्त्री कार्यालयले आज  बिहान ४:३० बजे मन्त्रिपरिषद् बैठकमा आपतकालीन सैन्य शासन हटाउने निर्णय पारित भएको जानकारी गरायो ।

आपतकालीन सैन्य शासन घोषणा भएलगत्तै राति ११:०० बजेबाट कोरियामा आपतकालीन सैन्य व्यवस्था लागू भएको थियो।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय