Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाको बङ्गुर फार्ममा काम गर्ने क्रममा एक नेपालीको दुःखद निधन एक जना इमर्जेन्सीमा

दक्षिण कोरियाको छल्लाबोक्दोको छन्जु नजिकै वान्जुगुन सुयाङ्म्यनको एक बङ्गुर फार्ममा कार्यरत एक नेपालीको ज्यान गएको छ। बङ्गुरको मलमुत्र जम्मा गर्ने ट्याङ्की सफा गर्ने क्रममा एक कोरियन साहु सहित एक नेपालीको निशासिएर घटनास्थलमै मृत्यु भएको हो।

दुईजना नेपाली कार्यरत रहेको फार्ममा अर्को एक नेपाली चाहिँ छल्लाबोक्दोको ईक्सानको अस्पतालमा इमर्जेन्सीमा उपचार भइरहेको छ। अस्पतालमा राति कुरुवाको लागि छल्लाबोक्दोको कन्चनजङ्गा रेस्टुरेन्ट तथा सेल्टरका सञ्चालक राजन लिम्बु जानुभएको छ र विस्तृत जानकारी बिरामी निको भएर बोल्न सक्ने भएपछि घटनाको बारेमा बाहिर आउने बताइएको छ।

Trip

दक्षिण कोरियामा रहनुहुने सम्पूर्णले आफ्ना स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । विशेषगरी बङ्गुर फार्ममा ट्याङ्की सफा गर्ने क्रममा निशासिएर मृत्यु भएको घटना यसअघि पनि आएको हुँदा सबैले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय